कालिन्जोर खोला अवैध उत्खन्न सरोकारवाला निकाय कमिसनमा मस्त

422 Shares

सर्लाहीको लालबन्दी नगरपालिका स्थित कालिन्जोर खोलामा वातावरणिय प्रभाव मुल्यांकन विपरित अवैध तरिकाले नदीजन्य पदार्थको उत्खन्न भएको भएपनि सरोकारावाला निकाय मौन देखिएको छ ।
वातावरणिय प्रभाव मुल्यांकन अनुसार विहान सूर्य उदाएदेखि बेलुका सूर्य अस्ताउँदा सम्म मात्रै उत्खन्न गर्न पाउने भएपनि ठेक्काच लिएको कम्पनीले विहान करिब ४ बजेदेखि राती करिब ८ बजे सम्म चार वटा स्काभेटर र ४८ वटा टिपरहरुको प्रयोग गरेर वातावरणिय प्रभाव मुल्यांकनले तोकेको मापदण्डको उल्लंघन गर्र्दै नदीजन्य पदार्थको निकासी पैठारी गरेको भएपनि सरोकारवाला निकाय लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही सहित जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय सर्लाही मौन देखिएका छन्।
करिब एक करोड ८० लाखमा ठेक्का लगाईएको कालिन्जोर खोला ठेकेदार कम्पनीले करिब चार करोड बराबरको नदीजन्य पदार्थ निकासी पैठारी गर्ने योजना बनाई सोही अनुसार नगरपालिकाको सहमती बेगर चार वटा स्काभेटर तथा ४८ वटा टिपर लगाएर नदीजन्य पदार्थको निकासी पैठारीको तथ्यांक समेत नराखी सरकारी राजश्वमा समेत हानी नोक्सानी पुर्याउने गरी काम गरि रहेका भएपनि सो सम्बन्धमा ठेक्का लगाउने लालबन्दी नगरपालिका ठेक्का वापतको रकम बैँकमा जम्मा गर्न लगाएर मौन बसेको छ । नगरपालिकाका इन्जिनियर रोशन पण्डीतले ठूलो रकम कमिसन असुलेर गैर कानूनी तरिकाबाट काम गर्न दिएको स्रोतको दाबी छ ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनको ९ गते नै नगरपालिकाले विद्युतीय माध्यामबाट सूचना जारी गर्दै रु एक करोड ५८ लाख १६ हजार छ सय मुल्य अभिवृद्धि कर बाहेक ७९ हजार ८३ घन मिटर नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरणका लागि बोल पत्र आव्हान गरेको थियो।वातावरणीय प्रभाव मुल्याङकन अनुसार दैनिक दुई सय ९२ दशमलव नौ घन मिटर मात्रै नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरण गर्न पाउने भएपनि सरोकारवाला निकायको उदासिन्ताका कारण ठेकेदार कम्पनीले दैनिक करिब चार सय ८० टिपर नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न भई रहेको छ ।नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरण गर्न कतिमा ठेक्क लाग्यो भन्ने समेत विवरण सार्वजनिक गरिएको छैन् ।
कालिन्जोर उत्खन्न गर्दा आँखा चिम्लिने सर्तमा लालबन्दी नगरपालिकाका इन्जिनियर सहित जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो रकम कमिसन लिएका छन्।भने स्थानीय स्तरमा ईलाका प्रहरी कार्यालयहरुले समेत कमिसन असुलेका स्रोतको दाबी छ ।

सम्बन्धित समाचार