पाँच दलिय गठबन्धनको चुनावी प्रचारप्रसार वडा समितिको कार्यलय स्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-११ गते   ४६३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ परवानीपुरमा पाँच दलिय गठबन्धनको चुनावी प्रचारप्रसार समितिको वडा कार्यलय स्थापना भएको छ । लालबन्दी नगरपालिका १५ र १६ स्थित परवानीपुरमा नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र)जनता समाजवादी पार्टी,नेकपा(एकिकृतसमाजवादी पार्टी) सहितको पाँच दलिय गठबन्धनको चुनावी प्रचारप्रसार समितिको वडा कार्यलय स्थापना भएको हाम्रा सहकर्मी राजेश थापाले जानकारी दिए ।
चुनावी प्रचारप्रसार समितिको वडा कार्यलय स्थापना कार्यक्रममा पुर्व संविधान सदस्य रामचन्द्र चौधरी र सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम प्रकाश चौधरी,सर्लाही १(ख) प्रदेश सभा सदस्यकी उम्मेदवार बेची लुङ्गेली लगायत गठबन्धन दलका नेताहरुको उपस्थिती रहेको थियो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech