Close This

नक्कली नोट बनाउने कागजात सहित एक जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१९ गते   २१०४ पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिका ३ सिमरा बहादुरपुरबाट नक्कली नोट बनाउने कागजात सहित १ जना पक्राउ परेका छन्  । नेपाल–भारत सीमावर्ती क्षेत्र स्थित गोडैता नगरपालिका ३ सिमरा बहादुरपुरबाट ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज शसस्त्र प्रहरीले बरामद् गरेको छ ।
शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट९बिओपी० बहादुरपुरबाट  खटिएको सशस्त्र प्रहरी नायव निरिक्षक बिद्या भुषण झाको नेतृत्वको टोलीले नक्कली नोट बनाउने कागजसहित नुवाकोटको ककनी गाउँपालिकाका ३२ बर्षका हिरामान लामालाई पक्राउ गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयो ।
शसस्त्र प्रहीका अनुसार स्कोरपियोमा सिमाबाट नेपाल प्रवेश गर्दै गर्दा शंका लागि लामालाई रोकेर चेकजाँच गर्दा स्कारपियोको डिकिमा नक्कली नोट बनाउने कागज बरामद भएको हो।
स्कोरपियो भने शसस्त्र प्रहरीको आँखा छलेर फरार भएको शसस्त्र प्रहरीले जनाएको छ। फरार स्कोरपियो र चालकको खोजी भइरहेको सशस्त्र प्रहरी १० नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताउनु भयो ।शसस्त्र प्रहरीका अनुसार कार्टुन बक्समा प्याक गरेको अवस्थामा नगद हजार र सय दरका नक्कली नोट बनाउने ६९ बण्डल कागज बरामद् भएको हो । पक्राउ परेका लामालाई बरामद् सामाग्रीसहित ईलाका प्रहरी कार्यलय गडहिया ढुमरिया राखिएको र अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नेपाल भारत खुल्ला सिमानाका भएका कारण पनि मधेश प्रदेशमा जिल्लाहरुमा साना हातहतियार सहित अपराधीक गतिविधिहरु हुने गरेका प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech