78
Shares
धनुषाकाे जनकपुर उप महानगरपालिका २४ का वडा अध्यक्ष र सचिवसहित तीन जनालाई नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
जनकपुर उप महानगरपालिका २४ का वडाअध्यक्ष उपेन्द्र सहनी,वडा सचिव उपेन्द्र शाह र विजय मण्डललाई अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालय बर्दिवासकाे संयुक्त टोलीले रु चार लाख ५० हजार नगद सहित उनीहरुलाइ पक्राउ गरेको हाे। उनीहरुलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ ।घरबाटो प्रमाणित गरि दिनका लागी उनीहरूले घुस रकम मागेको अख्तियारको प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ ।