लामो समयदेखि प्रयोग बिहिन घुम्ती शौचालय प्रयोगमा

1.4k Shares

सर्लाहीको हरिवन नगरपालिकाले खरिद गरेको घुम्ती शौचालय प्रयोगमा आएको छ  ।हरिवन नगरपालिकाको सार्वजनिक स्थानमा राख्ने भनी विगत करिब ३ वर्ष पहिला खरिद गरिएको घुम्ती  शौचालय विगत लामो समयदेखि बिग्रेर थन्किएको थियो ।
स्थानिय निकायको निर्वाचन २०७९ सम्पन्न भएर नयाँ जनप्रतिनिधिहरु आएपछि विग्रेर बसेको घुम्ती शौचालय मर्मत सम्भार गरि सञ्चालनमा ल्याईएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए ।
उनका अनुसार विगत लामो समयदेखि बिग्रेर बसेको घुम्ती शौचालय  मर्मत सम्भार नगर्दा २ वर्षदेखि प्रयोगविहीन भएको थियो अहिले मर्मत  गरि प्रयोगमा ल्याईएको हो ।
घुम्ती शौचालय मर्मत गरि सार्वजनिक स्थानमा राखेर प्रयोगमा ल्याएपछि हरिवन बजारमा आउने यात्री र बटुवाहरुलाई सहज भएको छ ।  पूर्व–पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका ११ स्थित मुख्य बजार चोकमा सार्वजनिक शौचालय  राखिए  पछि सवारीसाधनहरुको प्रतीक्षा गरेर बसेका यात्रुहरु,बजारमा किनमेल गर्न आएका सेवाग्राहीहरुलाई सहज भएको स्थानिय दिनेश साह रौनियारले बताए ।
हरिवन नगरपालिकाले करिब ३ वर्षअघि करिब रु ३लाख  लागतमा  घुम्ती शौचालय खरिद गरेको थियो। अहिले  घुम्ती शौचालय मर्मत पछि प्रयोगमा आएको छ।
सामान्य मर्मत गर्दा प्रयोगमा ल्याउन सकिने घुम्ती शौचालय  अघिल्लो स्थानिय सरकारले  मर्मतसम्भार नगर्दा नगरपालिकाको कम्पाण्डमा अलपत्र परेको थियो । अहिले गाउँ घरमा हुने विभिन्न कार्यक्रमहरुमा घुम्ती शौचालय प्रयोगमा ल्याईएको छ।भने अन्य समयमा नगरको मुख्य बजार हरिवनमा सार्वजनिक स्थानमा राखिएको छ ।
सार्वजनिक स्थानहरुमा सार्वजनिक  शौचालय नहुँदा  यात्रुहरुका साथै बजारमा किनमेल गर्न आउने स्थानीय होटेल तथा सार्वजनिक स्थानमा   गएर शौच गर्न बाध्यता भएका उद्योग वाणिज्य संघ हरिवनका सचिव रामचन्द्र गौतमले बताए । उनका अनुसार पहिला घुम्ती शौचालय सार्वजनिक स्थानमा नराखिदा शौचालयको अति नै समस्या रहेको भए पनि अहिले सार्वजनिक स्थानमा घुम्ती शौचालय राखिदा सहज भएको छ ।
प्रयोगविहीन घुम्ती शौचालय आफुहरु निर्वाचित भए पछि घुम्ती शौचालय मर्मत गरि आवश्यकता अनुसार गाउँ घरका कार्यक्रमहरुमा र अरु समय नगरको बजार क्षेत्रमा राखिएको हरिवन नगरपालिकाकि उप प्रमुख हरिमाया घलानले बताईन ।

सम्बन्धित समाचार