सर्लाहीको हरिवन नगरपालिका स्वास्थ्यको क्षेत्रमा ह्याट्रिक गर्ने लक्ष्य राखेको छ।मधेस प्रदेशको एक सय ३६ पालिकामध्ये हरिवन नगरपालिका लगातार २ पटक प्रथम भएपछि अब हरिवन नगरपालिका स्वास्थ्यको क्षेत्रमा ह्याट्रिक गर्ने लक्ष्य रहेको नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए ।हरिवन नगरपालिकामा आयोजित“पुर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कायम” घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बुढाथोकीले यस्तो बताएका हुन् ।हरिवन नगरपालिकाले १६ देखि ५९ महिना सम्मका बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्दै पुर्णखोप नगरपालिका घोषणा गरेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनायो ।
यो सफलता स्वास्थकर्मी,महिला स्वास्थ स्वयंसेवकलाई र सम्पुर्ण नगरवासिहरुको सामुहिक प्रयासको नतिजा रहेको हरिवन नगरपालिकाको नगर स्वास्थ्य शाखाले जनाएको छ।हाम्रो जिम्मेवारी यो उपलब्धिलाई निरन्तरता दिने रहेको भन्दै यसै आर्थिक वर्षदेखिदेखी महिला स्वास्थ्य स्वयंसेविकलाई स्वास्थ्य बीमा कार्यक्रम समेत गर्ने नगर पालिकाले घोषणा गरेको छ ।
नगर प्रमुख बुढाथोकीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय सर्लाहीका डा.नवल किशोर झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख हरिमाया घलान,प्रशासकीय अधिकृत हेमराज फुयाल,डब्लुएचओका डा.राजिव कुमार शर्मा,नगरका विभिन्न वडाका वडा अध्यक्षहरुश्र लगायत सम्पुर्ण स्वास्थ केन्द्रमा कार्यरत स्वास्थकर्मी र महिला स्वयंसेवकाहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने ११ वटै वडाका स्वास्थ संस्था र परिवार नियोजनलाई समेत प्रमाण पत्र तथा सम्मान पत्र प्रदान गरिएको छ।