१० वटा कार्यालयको भवन निर्माण गर्ने बर्दिवास १४ को जग्गा विवाद,क्याम्पसले आफ्नो जग्गा भोग चलन गरेको आरोप

261 Shares

महोत्तरीको बर्दिवामसा विभिन्न १० वटा कार्यालयहरु निर्माणका लागि प्राप्त भएको जग्गा विावदित बनेको छ।बर्दिवास नगरपालिका १४ बहादुरगन्जमा यातायात व्यावस्था कार्यालय बर्दिवास,जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरी,करदाता सेवा कार्यालय बर्दिवास, राष्ट्रिय आर्युवेदिक औषधालय तथा तालिम केन्द्र बर्दिवास,राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति मधेश प्रदेश,पालिका हुलाक कार्यालय बर्दिवास,ईलाका प्रशासन कार्यालय,नापी तथा मालपोत कार्यालय र सवारी परिक्षण कार्यालय स्थापना गर्न मन्त्री परिषद्ले २०८१ असार १० गते नै निर्णय गरी बर्दिवास नगरपालिका १४ बहादुरगन्जमा कित्ता नं.६३ को २९ विघा सरकारी जमिन छुट्याएको भएपनि बर्दिवास जनता बहुमुखी क्याम्पसले भोग चलन गरी रहेका कारण उक्त जमिन विवादित बनेको हो ।
२०८१ असार १० गते नैमन्त्री परिषद्ले निर्णय गरेको भएपनि जग्गा वाँडफाँडमा समस्या देखिएपछि हाल करदाता सेवा कार्यालय बाहेक अन्य कार्यालयहरुको भौतिक संरचना निर्माण गर्ने काम हुन नसकेको यातायात व्यावस्था कार्यालय बर्दिवास महोत्तरीका प्रमुख राज किशोर साहले जानकारी दिए ।उनका अनुसार यातायात व्यावस्था कार्यालय बर्दिवासले आफ्नो भवन बनाउन डिपिआर गर्ने तयारी गरेको भएपनि यातयातले जग्गा कति र कहाँ पाउने भन्ने एकिन नभएकाले उत्त काम सुरु गर्न नसकिएको हो ।
बर्दिवास जनता क्याम्पसको जग्गा नजिकै रहेको र पहिला देखि नै क्याम्पसले उक्त जग्गाको केही भाग भोगचलन गरी रहेका कारण त्यहाँ संरचना निर्माणको काम अन्यौलमा परेको स्थानीयको भनाई छ।उनीहरुका अनुसार नौ वटा संघीय कार्यालयहरु र एउटा प्रादेशिक कार्यालय गरी १० वटा कार्यालय निर्माण गर्ने मन्त्री परिषद्ले निर्णय गरेपनि बर्दिवास जनता क्याम्पस,बर्दिवास नगरपालिका १४ र बर्दिवास नगरपालिकाको मौनताका कारण सरकारी कार्यालयहरु निर्माणको काम अन्यौलमा परेको छ ।
यता,उक्त क्षेत्रमा बर्दिवास नगरपालिकाको प्राविधिक टोली सहित जिल्ला प्रशासन कार्यालय महोत्तरीको टोलीले स्थलगत गरी नामजाँचको काम गरेको बर्दिवास नगरपालिका १४ का वडा अध्यक्ष विजय कुमार महत्तोले बताए।उनले क्याम्पस सहित सबै कार्यालयहरु आफुहरुका लागि उतिकै आवश्यक रहेकाले कहि कतै समस्या भएमा सहजीकरण गरेर अगाडि जाने समेत बताए ।
त्यसैगरी बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीलाई फोन गर्दा उनको मोवाईल अफ छ भने बर्दिवास नगरपालिकाका अमिन मनोज कुमार सिंह र बर्दिवास जनता बहुमुखी क्याम्पसका प्रमुख चेत बहादुर खड्कालाई फोन गर्दा उनको पनि फोन उठेन ।

सम्बन्धित समाचार