सर्लाहीका १० जना महिला खेलाडी महिला साफ च्याम्पियन सिप २०२४ खेल्ने

258 Shares

सर्लाहीबाट १० जना महिला खेलाडीहरुले अण्डर १९ महिला साफ च्याम्पियन सिप २०२४ खेल्ने भएका छन्।सर्लाहीबाट पहिलो चरणमा छनोटमा परेका महिला खेलाडीहरुबाट प्रदेशस्तरीय छनोट गर्दा अण्डर १९ महिला साफ च्याम्पियन सिप २०२४ का लागि ६ जना र अण्डर १६ महिला साफ च्याम्पियन सिप २०२४ का लागि ४ जना गरी १० जना महिला खेलाडीहरु छनोट भएका जिल्ला फुटबल संघ सर्लाहीका उपाध्यक्ष विभुसिंह थापाले जानकारी दिए ।उनका अनुसार अण्डर १९ महिला साफ च्याम्पियन सिप २०२४ का लागि सर्लाहीकी सुनिता माझी ,भुमी पुलामी,शुशिला सुस्लिङ,टिकामाया थापा मगर,दिया लामा र स्मृति मोक्तान छनोट भएका छन् भने अण्डर १६ महिला साफ च्याम्पियन सिप २०२४ का लागि महिमा आले ,स्नेहा ब्लोन,शुशिला गोले र बिनुका थिङ छनोट भएका हुन ।
माघमा हुने अण्डर नाईन्टीन महिला साफ च्याम्पियन सिप २०२४ का लागि प्रथम चरणको छनोटमा परेका सर्लाहीका ७ जना मध्य ६ जना प्रदेशस्तरीय छनोटमा पनि परेका छन् । जिल्ला फुटबल संघ सर्लाहीले च्याम्पियन सिपका लागि जिल्लाका विभिन्न क्षेत्रबाट प्रशिक्षणमा आएका मध्येबाट उत्कृष्ट ७ जनाको नाम जिल्लाबाट छनोट गरी प्रदेशमा पठाएकोमा अण्डर नाईन्टीन महिला साफ च्याम्पियन सिप २०२४ का लागि ६ जना पर्न सफल भएका जिल्ला फुटबल संघ सर्लाहीका उपाध्यक्ष थापाले जानकारी दिए । 
जिल्लाबाट सिफारिस हुने महिला खेलाडीहरुमा सुनिता माझी,भुमि पुलामी, टिकामाया थापा मगर,मनिका माया वाईवा,दिया लामा,शुशिला सुस्लीङ र स्मृति मोक्तान रहेकामा मनिका माया वाईवा छनोटबाट निस्कासित भएकी छन् ।जिल्लाको लालबन्दी,हरिवन र बागमती लगायतका स्थानबाट प्रशिक्षणमा सहभागी भएका महिला खेलाडीहरुमध्येबाट उत्कृष्ट ७ जनाको नाम जिल्लाबाट प्रदेशमा सिफारिस गरिएको थियो ।संघका पदाधिकारीहरु र प्रशिक्षकहरुले खेल क्षमता र प्रदर्शनको आधारमा ७ जना महिला फुटबल खेलाडीहरुको नाम प्रदेशमा सिफारिस गरेकामा ६ जना प्रदेशबाट पनि छनोटमा पर्न सफल भएका छन् ।

सम्बन्धित समाचार