Close This

लालबन्दीमा बुधबार १४१ जनाको स्वाब संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१० गते   २९८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले बुधबार १४१ जनाको स्वाब संकलन गरेको छ । पछिल्लो समयमा कोरोना भाईरस(कोभिड १९) समुदाय स्तरमा फैलिन थालेपछि जिल्लाका स्थानिय निकायहरुले कोरोना परिक्षणको दायरा बढाएका छन । 
लक डाउनलाई कडाइका साथ लागु गरेको नगरपालिकाले यस अघि फेला परेका कोरोना संक्रमितहरुको कन्ट्राक ट्रेसिङका आधारमा पिसिआर परिक्षणको कामलाई तिब्रता दिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । नगरमा यस अघि ४९ जनामा कोरोना संक्रमण देखा परेपछि उनिहरुको कन्ट्राक ट्रेसिङका आधारमा पिसिआर परिक्षणको कामलाई तिब्रता दिएको नगर प्रमुख खड्काले बताउनु भयो ।
बुधबार स्वाब संकलन गरिएको १४१ जना मध्ये १२५ जनाको कन्ट्राक ट्रेसिङका आधारमा र १६ जनाको पुन पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र कुमार खतिवडाले जानकारी दिनु भयो । नगरमा देखिएका ४९ जना कोरोना संक्रमितहरु मध्य ५ जना कोरोना जितेर घर फर्कि सकेका र र अरु २९ जना अहिले पनि नगरले तयार पारेको कृषि सामाग्री कम्पनी लिमिटेडको आइसोलेसनमा बसी रहेका सह संयोजक खतिवडाले बताउनु भयो । नगरका १ जना कोरोना संक्रमितको मृत्यु भई सकेको छ ।
बुधबार संकलन गरिएको १४१ जनाको स्वाब परिक्षणका लागि काठमाण्डौँ पठाउने काम भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगरका व्यापारी व्यावसायीहरु,स्थानियबासीहरु,जनप्रतिनिधिहरुको स्वाब संकलन गरिएको हो । नगरमा यस अघि स्वास्थ्यकर्मीहरु,जनप्रतिनिधिहरु,नगरका व्यापारी व्यावसायीहरु तथा स्थानियबासीमा  कोरोना संक्रमण देखिएको नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech