सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेकाे ईन्दु शंकर चिनी उद्योगले डाेङ्गा पुजा गरि चालू सिजनकाे उखु क्रसिङ सुरु गरेकाे छ । सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षा मन्त्री हरि उप्रेतीको प्रमुख आतिथ्यतामा बुधबार एक कार्यक्रमका विच डाेङ्गा पुजा गरि चालू सिजनकाे उखु क्रसिङ सुरु गरिएको ईन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक याेग नारायण रजकले जानकारी दिए ।
उनका अनुसार चालू सिजनमा ईन्दु शंकर चिनी उद्योगले करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेकाे छ । उखु किसानलाई समयमै भुक्तानी गरेर नेपाल कै चिनी उद्योगहरु मध्य फरक पहिचान बनाउन सफल ईन्दु शंकरले गत वर्ष २९ लाख क्विन्टल भन्दा बढी उखु क्रसिङ गरेकाे उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताए । उनका अनुसार जिल्लामा उत्पादन भएको उखु अन्य जिल्लामा नगए उद्योगले राखेकाे लक्ष्य पूरा हुने छ ।
गतवर्षकाे तुलनामा यस वर्ष करिब छ लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने उद्योगले लक्ष्य राखेकाे छ । यस वर्ष सरकारले उखुकाे मूल्य रु पाँच सय ८५ प्रति क्विन्टल कायम गरेकाे छ भने अनुदान वापतकाे मूल्य ताेक्न बाँकी रहेकाे नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।उनका अनुसार गतवर्षकाे उखुकाे मुल्यमा सरकारले रु २० प्रति क्विन्टल मूल्य बढाएकाे हाे । सर्लाहीमा रहेका तीनवटा चिनी उद्योगहरु मध्य अन्नपुर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग यस अघि नै सञ्चालनमा आई सकेका छन् ।