गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा बागमती नगरपालिका ८ स्थित रहेको नव जनजागरण माविका १ सय १६ जना विद्यार्थीहरु मध्य ८० जना विद्यार्थीहरु पास भएका छन् ।
कुल १ सय १६ जना मध्य १ सय ६ जना कक्षा १२ को परीक्षामा सहभागी भएका थिए भने ८० जना अर्थात ७५ दशमलव ४७ प्रतिशत विद्यार्थीहरु उर्तिण भएका नव जनजागरण माविका प्रधानाध्यापक बद्री प्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार १ सय ६ जना विद्यार्थीहरु कक्षा १२ को परीक्षामा सहभागी भएकामा २६ जना फेल भएका हुन ।
नवजन जागरण माविबाट अंशिक तर्फ १० जना विद्यार्थीहरु सहभागी भएकामा ७ जना पास,२ जना फेल र १ जना अनुपस्थित रहेका विद्यालय प्रशासनले जनाएको छ । थिए ।
त्यसैगरी बागमती नगरपालिका ११ स्थित रहेको श्री ५ महेन्द्र जनता माविबाट ७७ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा नियमित तर्फ ३१ जना पास भएका छन् भने र आंशिक तर्फ ३४ जना ६५ जना पास भएका छन् भने १२ जना फेल भएका प्रधानाध्यापक नव किरण श्रेष्ठले जानकारी दिए ।
यता,बागमती नगरपालिका ५ स्थित रहेको श्री जनता मावि सोल्टी बजारबाट ५९ जना विद्यार्थीहरु सहभागी भएका थिए ।जसमा १५ जना पास भएका छन् भने र ४४ जना फेल भएका र दुई जना परीक्षामा अनुपस्थित भएका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए ।
बागमती नगरपालिका भित्रका ३ वटा विद्यालयहरुका गरी कुल दुई सय ५४ जना विद्यार्थीहरु बागमतीका तीन सामुदायिक विद्यालयबाट गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बागमती नगरपालिका ८ स्थित रहेको नवजन जागरण माविबाट १ सय ६ जना,बागमती नगरपालिका ५ स्थित रहेको जनता मावि सोल्टी बजारबाट ५९ जना र बागमती नगरपालिका ११ स्थित रहेको श्री ५ महेन्द्र जनता माविबाट ७७ जना विद्यार्थीहरु सहभागी भएका बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।
नगरका तीन वटा विद्यालयबाट दुई सय ४० जना विद्यार्थीहरु कक्षा १२ को परीक्षामा सहभागी भएकामा एक सय ६० जना पास भएका छन् भने ८२ जना फेल भएका नगर शिक्षा शाखाले जनाएको छ ।