दुर्गा कुमारी अधिकारी
सर्लाहीको जानकीनगर साझेदारी वन व्यवस्थापन समूहको अध्यक्षमा रामविश्वास राय २ सय १७ मत प्राप्त गर्दै विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनबाट निवर्तमान अध्यक्ष राय आफ्ना प्रतिस्पर्धी रामबाबु रायलाई ५ मतले पराजीत गर्दै समुहको अध्यक्षमा चयन भएका हुन ।
रामविश्वासले २ सय १७ मत प्राप्त गर्दा रामबाबुले २ सय १२ मत प्राप्त गरेका डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दाशले जानकारी दिए । उनका अनुसार जिल्लाका ९ स्थानीय तहका ७५ वटा वडाबाट प्रति वडा सात जनाका दरले चुनियर आएका ५ सय २५ जना प्रतिनिधिहरु मध्य ४ सय ५५ जनाले मतदान गरेका थिए । वन सहुको शुक्रबार शान्तिपूर्णरुपमा भएको मतदानपछि मतगण्ना सुरु गरिएको थियो । वन समूहको दोस्रो साधारण सभा गएको जेठ १९ गते नै उद्घाटन भएपनि नेतृत्वमा सहमती हुन नसकेपछि शुत्र mबार मतदान गराइएको थियो ।