Close This

वीपी कोईराला युवा नेतृत्व विकास मञ्च सर्लाहीमा बख्रेल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२५ गते   ९०१ पटक हेरिएको

नेपाली कांग्रेसका महान नेता वीपी कोईरालाको विचार,वीपीको प्रतिपादित नीति र अवधारणालाई उजागर गर्न गठन भएको वीपी कोईराला युवा नेतृत्व विकास मञ्च सर्लाहीको नेतृत्व युवा नेता मनोज बख्रेलले पाउनु भएको छ ।
देशका विभिन्न २६ जिल्लामा गठन हुन लागेको वीपी कोईराला युवा नेतृत्व विकास मञ्चको सर्लाहीमा बख्रेल निर्विरोध चयन हुन भएको हो । महान नेता वीपीको विचार,वीपीले प्रतिपादित गरेका नीति र अवधारणालाई उजागर गर्न भन्दै नेपाली कांग्रेसले देशका विभिन्न २६ जिल्लामा वीपी कोईराला युवा नेतृत्व विकास मञ्च गठनको काम सुरु गरेको छ । 
महान नेता वीपीले प्रतिपादन गरेको नीति तथा वीपीका विचारहरु आज पनि प्ररेक।समसामयिक र राष्ट्र निर्माणका लागि महत्वपुर्ण रहेको भन्दै वीपीको विचार जीवितै राख्न वीपी कोईराला युवा नेतृत्व विकास मञ्चको गठन सुरु भएको जिल्ला संयोजक बख्रेलले बताउनु भयो । वीपीका विचारहरुलाई आजको समयमा पनि जीवन सापेक्षतामा गशिील ढंगले बुझ्ने,विश्लेषण गर्ने र भावी पिढिको सपनासंग एकाकार गर्न अगुवाको भूमिका आजका युवाहरुले गर्नु पर्ने भन्दै युवा नेतृत्व विकास मञ्चको गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ । देशभर आफ्नो सांगठानिक संजाल विस्तार गर्न पहिलो चरणमा २६ वटा जिल्लाहरुमा वीपी कोईराला युवा नेतृत्व विकास मञ्चको गठन गरिएको कांग्रेसको भनाई छ ।
राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो मुलनारा राखेर अगाडी बढेको नेपाली कांग्रेसले लोकतन्त्रप्रति विश्वास राख्ने,लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने र लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले वीपी कोईराला युवा नेतृत्व विकास मञ्चको गठन सुरु गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech