सर्लाहीको लालबन्दी नगर फोटोग्राफी व्यवसायी संघले लालबन्दीमा फोटोग्राफीको काम गर्ने पुराना दुुई जनालाई सम्मान गरेको छ।संघले तयार पारेको भित्तो पात्रो विमोचन कार्यक्रमको अवसर पारेर लालबन्दीको फोटोग्राफी क्षेत्रका ऐतिहासिक अग्रज व्यक्ति भनी लालबन्दी नगरपालिका ७ का ध्रुवप्रसाद घिमिरे र रोहित प्रसाद पौडेललाई सम्मान गरेको संघका अध्यक्ष मदन कुमार पौडेलले जानकारी दिए ।उनका अनुसार नयाँ वर्षको शुुभकामना आदान प्रदान तथा संघले तयार पारेको भित्तो पात्रो विमोचन कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान–पत्रसहित सम्मान गरिएको हो ।
संघका नगर अध्यक्ष पौडेलको अध्यक्षता तथा सर्लाही जिल्ला फोटोग्राफी संघका अध्यक्ष खेमराज बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगर फोटोग्राफी व्यवसायी संघका अध्यक्ष मोहनलाल श्रेष्ठ,बरहथवा नगर फोटोग्राफी व्यवसायी संघका अध्यक्ष सीताराम राय यादव,सर्लाही जिल्ला फोटोग्राफी संघका सल्लाहकार लक्ष्मण राय र लालबन्दी नगरपालिका भित्रका फोटोग्राफीहरुको उपस्थिति रहेको थियो ।