कानुन विपरीत हुनेगरि गतिविधि नगर्नसर्लाही प्रशासनको आग्रह

3.6k Shares

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा शान्ती सुव्यावस्थामा खल्ल पुर्याउने गरि कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । भरखरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जिल्लाका 
विभिन्न राजनितिक दलसंग गर्नु भएको परिचयात्मक कार्यक्रममा  यस्तो आग्रह गर्नु भएको हो  । 
 जिल्लामा क्रियाशील रहेका विभिन्न राजनितीक दलका प्रतिनिधिहरु बीच विधिको शासन ,सुशासन र संविधानमा उल्लेख गरिएका अधिकारहरुको प्रयोग गर्दै गर्दा आफ्नो कर्तव्य पनि नविर्सी खुला,परर्दर्शी, उत्तरदायी भइ काम गर्न,कानुन र विधिको आदर्श कार्यान्वयन र सम्मान हुनेगरी कार्य गर्न कुनैपनि राजनितीक दलले कानुन विपरीत हुनेगरि तालाबन्दी ,धर्ना ,आमरण अनशन गर्नुपर्ने बाध्यात्मक अवस्था ल्याउन नदिन सचेत भइ काम गर्ने , जिल्लामा हुँदै आएको तस्करी,अवैध व्यापार , लागुऔषध ,ठगी , मिसावट ,बजार अनुगमन , क्रसर ,जुवातास, भन्सार छली ,विकास निर्माण जस्ता क्षेत्रमा भएका भ्रष्टाचार एवमं विकृतिका सम्बन्धमा राजनितीक दलले निष्पक्ष र न्यायीक सूचना दिने लगायतका विषयमा पचियात्मक कार्यक्रममा छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत रामनरेश रामले जानकारी दिनु भयो । 
परिचयात्मक कार्यक्रममा उपस्थित सबै राजनीतिक दलहरुले जिल्लाको विकृति र गैरकानुनी क्रियाकलाप रोक्ने काममा प्रशासनलाई सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सो कार्यको सुरुवात प्रशासनबाटै हुनुपर्ने अपेक्षा गरेका छन् । 

सम्बन्धित समाचार