सर्लाहीको पर्सा नाकाबाट व्यापक फुल तस्करी, महाेत्तरी पुगेपछि शसस्त्रकाे नियन्त्रणमा

355 Shares

सर्लाहीको पर्सा नाकाबाट नेपाल प्रवेश गरेको भारतिय फुल पुर्व पश्चमि राजमार्ग स्थित महोत्तरीको लक्ष्मीनियाँमा रहेको शसस्त्र प्रहरी बल सुरक्षा वेश लक्ष्मीनियाँको टोलीले नियन्त्रणमा लिएको छ ।

शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(बिओपी) संग्रामपुर मातहत पर्ने पर्सा नाकाबाट भन्सार छली चाेरी पैठारी गरि नेपाल प्रवेश गराई काे २ च ८४९६ र बागमती प्रदेश ०१-०२५ च १६८५ नम्बरका दुई वटा पिकअपमा सर्लाहीबाट काठमाण्डाैँ तर्फ लैजाँदै गर्दा शसस्त्र प्रहरी बल सुरक्षा वेश लक्ष्मीनियाँको टाेलीले नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा. गण महाेत्तरीले जनाएको छ ।

शसस्त्र प्रहरी बल सुरक्षा वेश लक्ष्मीनियाँको टाेलीले चेकजाँच गर्दा शंकास्पद विलविजक देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा सर्लाहीको पर्सा गाउँपालिकाका स्थानीय फुल व्यापारी सन्तोष भण्डारीले भारतबाट अवैध तरिकाले नेपाल प्रवेश गराई अन्यन्त्र ढुवानी गरि रहेको पाईएकाे हाे ।

दुईवटा पिकअपमा लाेड गरि सर्लाहीको पर्सा नाकाबाट पुर्व पश्चिम राजमार्ग हुँदै अन्यत्र निकासी गर्दै गरेकाे अवस्थामा शसस्त्र प्रहरी बल सुरक्षा वेश लक्ष्मीनियाँले नियन्त्रणमा लिएपछि सर्लाहीका सिमानाकाबाट व्यापक मात्रामा फुल लगायत अन्य चिजवस्तुहरुको तस्करी हुने गरेको प्रष्ट भएको हो । यसो त जिल्लाका प्राय सबै नाकाबाट भन्सार छली दैनिक उपभोग्य देखि व्यापारीक प्रयोजनका सामाग्रीहरु नेपाल प्रवेश नगरेका होइनन् तर सरोकारावाला निकाय कमिसनमा मस्त रहेका स्थानीयकाे आराेप छ ।

जस काकारण व्यापारीहरुको मनोवल बढी रहेको पाइएको छ । साे सम्बन्धमा बुझ्न शसस्त्र प्रहरी बल सिमा सुरक्षा पाेष्ट(बिओपी) संग्रामपुरका शसस्त्र प्रहरी प्रमुख एवम शसस्त्र प्रहरी निरिक्षक मुकुन्द घिमिरेलाई फाेन गर्दा उनले एकजना असईलाई फाेन उठाउन दिए ।

सम्बन्धित समाचार