शंखर पहाडी(गौरब)
महोत्तरीको बर्दिवासमा चौँथो बर्दिबास महोत्सवको शुक्रबारबाट सुरु भएको छ । बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा सुरु भएको चौथो बर्दिवास महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् ।
बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु बहादुर खड्काको अध्यक्षतामा सुरु भएको महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने छ ।महोत्सवको उद्घाटन गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।

उनले कोभिडका कारण विश्वकै व्यापार व्यवसाय,पर्यटन प्रवद्र्धन,कृषि उत्पादन र बजारी करण,उद्योग तथा कलकारखाना सबै क्षेत्र धरासयी बनेको वर्तमान अवस्थामा यस्ता महोत्सवले आर्थिक कारोवारमा टेवा पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले विश्वास ब्यक्त गरे ।
उद्योग व्यापार र कलाको विकास गरौं,साहित्य संस्कृतिको संरक्षण गर्दै प्रबद्र्धन गरौं’भन्ने मुलनाराका साथ बर्दिबासमा महोत्सवको आयोजनामा गरिएको आयोजकले जनाएको छ ।
बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा चौथो बर्दिवास महोत्सव लगाइएको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष खड्काले जानकारी दिए ।
महोत्सव परिसरमा करिब १ सय ७० वटा व्यापारिक स्टलहरु राखिएका छन् भने महोत्सव सम्पन्न गराउन अन्दाजी रु ५५ लाख खर्च हुने अनुमान गरिएको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष खड्काले जानकारी दिए । अध्यक्ष खड्काका अनुसार बर्दिबासमा महोत्सव सम्पन्न हुदा बर्दिबास महोत्सवले अन्दाजी रु ६० लाख आमदानी हुने अनुमान गरिएको आयोजकको गरेको छ ।