मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिने भएका छन्। लोकतान्त्रीक समाजवादी पार्टी(लाेसपा)का नेता सोनल गत असोज २९ गते छ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री साेनलले विश्वास मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।मधेश प्रदेश सभामा रहेका एक सय सात सदस्य मध्य हाल सत्ता गठबन्धन लोसपाका आठ, जनता समाजवादी पार्टी(जसपा) नेपालका १८, जनमतका १३,नेकपा(माओवादी केन्द्र)का नाै र नेकपा(एकीकृत समाजवादी)का सात सांसद रहेका छन् ।
सरकारलाई विश्वासको मत कायम राख्न ५४ सिट आवश्यक छ । तर, जनमत भित्रको विभाजन र माओवादी केन्द्रभित्रको आन्तरिक किचलोले मुख्यमन्त्रीले विश्वासको मत पाउने नपाउने निश्चित भइसकेको छैन ।