सरकारी जमिन अतिक्रमणमुक्त गराउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार

150 Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ७ ले नेपाल सरकारको नाममा रहेको जग्गा अतिक्रमण भएको भन्दै अतिक्रमणमुक्त गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पत्र पठाएको छ ।बैशाख २३ गते बुधबार ब्रम्हपुरी गाउँपालिका–७ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई नेपाल सरकारको नाममा रहेको जग्गा तत्काल अतिक्रमणमुक्त गराउन माग गर्दै पत्राचार गरेको हो ।
ब्रम्हपुरी गाउँपालिका–७ का वडा अध्यक्ष राम सागर महतो कोइरीले हस्ताक्षर गरी पठाएको पत्रमा“ब्रम्हपुरी गाउँपालिका–७ अन्तर्गत रहेको नेपाल सरकारको नाममा फिल्ड बुक कायम रहेको साबिक नोकैल्वा गाविस ५ ख, कित्ता नम्बर २३ को क्षेत्रफल ६–१३–१० सरकारी जग्गा यसै वडाका स्थानीय मोहन महतोका छोरा राजनारायण महतो समेतले अतिक्रमण गरि अनाधिकृत रूपमा जोतभोग गर्दै आएको छन्।”भनिएको छ ।
सर्लाही जिल्ला अदालतले २०८२ कार्तिक २७ गते नै उक्त जग्गा सरकारी हुने ठहर गरिसकेको छ।अदालतको फैसला आइसकेपछि पनि सरकारी जग्गा अतिक्रमणमुत्त हुन नसकेको भन्दै मालपोत ऐन २०३४ अनुसार सार्वजनिक तथा सरक¬¬¬¬ारी÷राज्यको स्वमित्वमा रहेको जमिनको संरक्षण गर्ने अधिकार जिल्ला प्रशासन कार्यालय मातहत रहने भएकाले वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्राचार गरेको जनाएको छ ।
त्यसैगरी,ब्रम्हपुरीका स्थानीयले पनि कारबाहीको माग गर्दै सरकारी जग्गा अतिक्रमण गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका छन्।सरकारी जग्गा अतिक्रमणका घटनामा समयमै कारबाही नभए सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण अझ बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
यता,सर्लाही जिल्ला अदालतले उक्त जग्गा सरकारी भएको ठहर गरे पनि निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई हालसम्म औपचारिक रुपमा पत्राचार नगरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।उनका अनुसार सरकारी जग्गा अतिक्रमण गरी अनाधिकृत रूपमा जोतभोग गरिएको अवस्थालाई अन्त्य गरी कब्जामुक्त गराउने दायित्व सम्बन्धित स्थानीय तह कै हो । जिल्लाका सबै पालिकाका प्रमुख÷अध्यक्ष, सम्बन्धित वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई चाँडै बोलाएर सरकारी जग्गा कब्जामुक्त गराउने प्रक्रिया अगाडि बढाउन आवश्यक पहल गरिने प्रमुख जिल्ला अधिकारी कडरियाले प्रतिबद्धता जनाए ।
 सर्लाही जिल्ला अदालतले स्पष्ट रूपमा“सरकारी जग्गा”ठहर गरिसकेको भूमि अझै निजी व्यक्तिको कब्जामा रहेको खुलासा भएपछि सर्लाहीमा सरकारी संयन्त्रको कार्यक्षमता माथि नै जानकारहरुले प्रश्न उठेका छन् ।उनीहरुका अनुसार सरकारी जग्गा अतिक्रमणका घटनामा अदालतको आदेश नै कार्यान्वयन नहुने अवस्था रहिरहे कानुनी शासन माथिको जनविश्वास थप कमजोर हुने छ ।
सर्लाहीका २० वटा पालिकाहरुको १० हजार छ सय ८५ बिघा नौ कठ्ठा सरकारी तथा सार्वजनिक जमिन अतिक्रमण भएको तथ्यांक समेत फेला परेको छ । सामुदायिक तथा साझेदारी र सागरनाथ वन विकास परियोजना बाहेकको करिब १० हजार छ सय ८५ बिघा नौ कठ्ठा सरकारी तथा सार्वजनिक जमिन अतिक्रमण भएको तथ्यांक फेला परेको हो ।

सम्बन्धित समाचार