कोरोना माहामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल भारत सीमा नाका खुल्ला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढवर्षदेखि सिमानाका बन्द भएका थिए ।
नेपालीहरुको चाडपर्व नजिकिएको साथै कोरोना महामारी संक्रमणको दर केही घटेको मौका छोपी नेपाल सरकारले सिमानाका खोल्ने निर्णय गरेको हो । नेपाल सरकारले विभिन्न चारवटा बुादा सहित निर्णण गरेपछि सिमाक्षेत्रका नागरिकहरु थप मारमा परेका छन् ।
नेपाल सरकारले निर्णय गरेपछि बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका सर्लाहीका ८ वटै नाका खुला गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिनु भयो । उहाँका अनुसार डीसीसीएमसीको बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका ८ वटै नाका खुला गर्ने निर्णय गरिएको भएपनि आवागमनमा विभिन्न ४ वटा बुँदाहरु अनिवार्य पालना गर्नु पर्ने प्रावधानका कारण सिमा क्षेत्रका नागरिकहरु मारमा परेका छन् ।
जिल्ला सदरमुकाम स्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बारा उद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिनु भयो ।
नेपाल सरकारले स्थलमार्गबाट आवागमन गर्न आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड १९ परिक्षण गरि रिपोर्ट नेगेटिभ आएको हुनु पर्ने, खोपको मात्रा पुरा गरेको,एन्टिजेन समेत नेगेटिभ आएको हुनु पर्ने लगायतका अढ्चनहरु राखेर सिमानाका खोल्नेनिर्णय गर्दा नागरिकहरुमा निराशा कायमै रहेको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउन्ु भयो ।
यता, स्थानियले आफुहरुलाई घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामाग्री ल्याउन,आफ्ना आफ्न्त भेट्न जान आउन समेत समस्या भएको मलंगवाका स्थानिय रामकलेवर रायले बताउनु भयो । नेपाल भारत सामाजिक सम्बन्ध रहेका कारण पनि सिमाबाट सहज रुपमा अउान जान पाउनु पर्ने उहाँको माग छ ।
बिरामी भएर उपचार गर्न जान आउन समेत समस्या हुनुका साथै दैनिक उपभोग्य सामाग्रीहरु भएको ल्याउन आफुहरुलाई समस्या भएको त्रिभुवननगरका विन्देश्वर महतोले बताउनु भयो ।
खुला गरिएका सबै नाकामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको जनाएको छ । स्वास्थ्य कार्यालय मार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनु भयो ।