Close This

वडा अध्यक्ष कुट्ने प्रमुख अधिकृत रायमाथी ७ दिनको म्याद थप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-११ गते   २९० पटक हेरिएको

जिल्लाको हरिपूर्वा नगरपालिकामा वडा अध्यक्ष माथि कुटपिट गर्ने प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायलाई जिल्ला प्रहरी कार्यलय सर्लाहीले नियन्त्रणमा लिएको छ। हरिपुर्वा नगरपालिका ३, धनकौलका वडाध्यक्ष धर्मराज सिंह महत्तोमाथि कुटपीट गर्ने सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राय सहित अन्य तीनजनालाई प्रहरीले नियन्त्रणमा लिई कार्वाहीको प्रक्रिया अगाडी बढाएको हो ।
वडाध्यक्षका परिवारले शुक्रवार प्रमुख प्रशासकीय अधिकृत राय सहित अन्य आरोपी विरुद्ध प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएपछि अधिृकत रायलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणि पोख्रेलले जानकारी दिनु भयो ।
बिहिवार साँझ गाउँमै प्रशासकीय अधिकृत राय सहित उनका भाई कपिलदेव राय र उनका छोरा, भतिजाहरु मिलेर वडाध्यक्ष महतोलाई कुटपीट गरी घाईते बनाएका थिए । कुटपिटबाट वडा अध्यक्ष महतोको हात, छाती लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको ललितपुरको धापाखेल स्थित सुमेरु अस्पतालमा उपचार भई रहेको परिवार स्रोतले बताएको छ ।
कुटपिटमा संलग्न कपिलदेव र अर्का एकजनालाई घटना कै दिन पक्राउ गरेको र प्रमुख प्रशासकीय अधिकृत यादवलाई शुक्रवार पक्राउ गरि ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा वडाध्यक्ष महत्तोका नातेदार पर्ने एक युवतीलाई  प्रमुख प्रशासकीय अधिकृत राय निकटका युवाहरुले जिस्काएको निहुँमा उनीहरु बीच विवाद भएको थियो ।  
नगरपालिकामा दादागिरी गर्दे आएको प्रमुख प्रशासकिय अधिकृत राय चरित्रहिन व्यक्ति भएको बताए। महतो माथि भएको संघातिक हमला प्रति पार्टीले घोर भत्सर्ना गरेको नेकपा जिल्ला कमिटी सदस्य जितेन्द्र कुशवाहाले बताए। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech