Close This

हावाहुरीका कारण ६ लाख ५० हजार बराबरको क्षेती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-६ गते   ४२१ पटक हेरिएको

सर्लाहीको  रामनगर र चन्द्रनगरमा हावाहुरीले करिब ६ लाख ५० हजार मुल्य बराबरको क्षेती पुर्याएको छ । मंगलबार अचानक आएको हावाहुरीले रामनगर गाँपालिका २ का सिकेन्द्र रायको  एक कच्ची भैसि गोठ उडाएर पुर्ण क्षेती भएको प्रहरीले जनाएको छ ।

हावाहुरीले भैसि पाल्ने कच्ची गोठमा करिब २ लाख ५० हजारको क्षेती पुर्याएको सर्लाही प्रहरीले जनाएको छ ।त्यसैगरी चन्द्रनगर गाउँपालिका ७  का दिनेश महत्तोको दुईतले काठको घर हावाहुरीले ढालेको र पुर्ण रुपमा क्षेती पुगेको प्रहरीले जनाएको छ ।

हावाहुरी र असिना पानीले घर ढाल्दा घर भित्र रहेको लत्ता कपडा,भाडाकुडा र अन्नपातगरी करिब ४ लाख मुल्य बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनु भयो । दुवै घटनामा मानविय तथा पशु चौपायको भने क्षेती नभएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech