Close This

लालबन्दीमा भएन ‘लकडाउन’को पालना,बजारमा रोकिएन भिडभाड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२१ गते   २०१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा ‘लकडाउन’को पालना नभएको पाइएको छ । कोरोना भाईरस(कोभिड १९) को संक्रमण उच्च भएपनि लालबन्दीमा लाग्दै आएको साप्ताहिक हाट बजार लागि रहेको थियो ।
नगरपालिकाले मंगलबार देखि नगर भित्रका साप्ताहिक रुपमा लाग्ने२वटा हाट पुर्णरुपमा बन्द गर्ने र नगरपालिकाका सबै विषयगत शाखाहरुका साथै सबै वडा कार्यलयहरुबाट प्रवाह गरिने सेवाहरु बन्द गर्न भन्दै विज्ञाप्ती निकालेको थियो । तर नत नगरपालिकाले आफ्नो कामनै रोकेको थियो नत साप्ताहिकरुपमा लाग्ने हाट बजार नै बन्द रहेका थिए । 
लालबन्दी नगरपालिका ७ मा लाग्दै आएको बजार लागि रहेको थियो भने नगरपालिकाले आफ्नो नियमित र दैनिक क्रियाकलाप गरिरहेको थियो । लालबन्दीमा यस्तै अवस्था रहे ‘लकडाउन’ हुनु र नहुनुमा कुनै अन्तर नरहेको जानकारहरुले बताएका छन् । साथै नगरपालिकाले लकडाउनलाई थप कडाईका साथ लागु  नगरे लालबन्दीले अझ कोरोनाको भयावह अवस्थाको सामना गर्नुपर्ने देखिएको छ ।

नगरपालिकाले लक डाउनको पालना भए नभएको अनुगमन गरी कडाईका साथ १५ दिन भएपनि लक डाउन गर्न आवश्यक रहेको लालबन्दीबासीको माग छ । भने जनप्रतिनिधिहरु यस विषयमा मौन रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech