ईश्वरपुरमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

239 Shares

सर्लाहीको ईश्वरपुरमा शुक्रबारबाट तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।ईश्वरपुर नगरपालिका ४,स्थित सागरनाथ माध्यमिक विद्यालय सागरनाथको प्राङ्गणमा नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता प्रारम्भ भएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

417502699_122124698042120248_2164713089418258294_n.jpg
तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा नगर उप प्रमुख रन्जिता देवी चौधरी,सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला,निवर्तमान नगर प्रमुख मनोज कुमार देवकोटा,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक सन्तोष ढुंगेल लगायतको उपस्थिति रहेको इश्वरपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहालले जानकारी दिए ।उनका अनुसार माघ २१ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुबीच विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने छ ।

सम्बन्धित समाचार