Close This

सीमामा रोकिएका दुवै देशका नागरिकको हेरचाह गर्ने ओली र मोदीबीच सहमति

पत्र पत्रिका    प्रकाशित: २०७६-१२-२८ गते   ४८२ पटक हेरिएको

‘लकडाउन’को कारण एक–अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने र आपूर्ति व्यवस्थालाई सहज बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सहमति भएको छ । 

शुक्रबार बिहान भएको फोनवार्तामा दुई देशका प्रधानमन्त्रीबीच यस्तो सहमति भएको हो । आफ्नो ट्विटरमार्फत प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग भएको कुराकानीबारे जानकारी गराएका छन् ।

‘आज मैले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग टेलिफोन संवाद गरेँ, कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौँ,’ ट्विट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘लकडाउनको कारण एक–अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौँ ।’ 

आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न पनि छलफल भएको ओलीले बताएका छन् । उनले भनेका छन्, ‘भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मैले धन्यवाद दिएँ ।’नयाँ पत्रिका

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech