नेपालकी पहिलो महिला रेस्लर युनिका विश्वकै अग्लो तिलिचो तालमा रेस्लिङ प्रतियोगिता आयोजना गर्दै

380 Shares

विश्व कै सबै भन्दा अग्लो मनाङको तिलिचो तालमा रेस्लिङ प्रतियोगिता हुने भएको छ।७७ वटै जिल्लामा रेस्लिङ खेल खेलाउने योजना सहित रेस्लिङ खेल क्षेत्रमा प्रवेश गरेकी रामेछापको मन्थली नगरपालिका २ की भगवती खड्का(युनिका)ले आगामि असोजमा विश्व कै सबै भन्दा अग्लो तिलिचो तालमा रेस्लिङ प्रतियोगिता आयोजना गर्न लागेकी हुन ।
२०६९ भदौंबाट रेस्लर खेलाडी “हिमालयन टाइगर”संग रेस्लिङ सिक्न थालेकी युनिकाले अहिलेसम्म एक सय १९ जनालाई रेस्लिङ सिकाइ सकेकी छन् ।नेपाली पहिलो महिला रेस्लर युनिकाले २०६९ मंसिरमा अर्घाखाँचीको सन्धीखर्कमा अमेरिकन खेलाडी द ग्रेट चेन्नेसंग रेस्लिङ खेलेकी थिईन्।नेपाल महिला रेस्लिङ फाउण्डेसनकी अध्यक्ष समेत रहेकी नेपालको पहिलो महिला रेस्लर युनिकाले भारत,जापान र पाकिस्तानमा समेतका रेस्लिङ खेलिसकेकी छन् ।सगरमाथा हिमालको आधार शिविर विश्वकै उच्च स्थान कालापत्थरमा भएको रेस्लिङ प्रतियोगितामा अमेरिकी खेलाडीलाई पराजित गर्दै युनिकाले नेपालको रेकर्ड गिनिज बुकमा लेखि सकेकी छन् ।
भने पाकिस्तानमा महिला रेस्लिङको पहिलो पटक भएको रेस्लिङ खेलमा उनी प्रथम भएकी छन् ।रेस्लिङलाई थप विकास गर्न ठाउँठाउँमा कभर्डहल बनाउने हुटहुटिमा रहेकी उनले २०६४ मा कराँते र बक्सिङ पनि सिकेकी थिईन्।नेपाली गीतसंगीतका साथै नेपाल टेलिभिजनबाट प्रशारण हुने नाता बन्धन जिन्दगीको,इमेज टेलिभिजनबाट प्रशारण भएको आम्मै सिरियलमा  पनि युनिका खेलेकी छन् ।त्यसपछि भारतीय कलाकार शक्ति कपुरसंग “हम हे हिरो हिन्दुस्तानी” र भोजपुरी फिलिम “प्रतिकार”पनि खेलिन्।उनले नेपालमा हिम्मत २,रक्षक,अर्जुन देव,मस्ती, प्लान,मेरो बेष्ट फ्रेण्ड,नबोले पनि हाँसी राख न,सुकुल गुण्डा,हवल्दार सुन्तली,मिस्टर भर्जिन समेतका चलचित्रमा भिलेन र हास्य कलाकारको भूमिका निभाइ सकेकी छन् ।सन्तोष पन्तको “हिजो आजका कुरा”देखि २७ वटा सिरियल र ६४ वटा चलचित्रमा अभिनय गरेकी युनिकाको अबको यात्रा भनेको रेस्लिङको क्षेत्रमा थप योगदान दिने रहेको उनले सुनाईन् ।

सम्बन्धित समाचार