अनियमित विद्युत कटौतीको विरोधमा बर्दिवासका व्यापारीहरु आन्दोलीत

467 Shares

महोतरीको वर्दिवासका व्यापारीहरु अनियमित विद्युत कटौतीको विरोधमा आन्दोलीत भएका छन्।उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काको नेतृत्वमा बर्दिवासका व्यापारीहरुले पुर्व पश्चीम लोकमार्गको बर्दिवास खण्डमा केही समय विरोध स्वरुप सडक जाम समेत गरेका हुन ।
विभिन्न वाहनामा विद्युत काटिँदा अत्याधिक गर्मीको मारमा परेका बर्दिवासबासीलाई झन सास्ती भएको,अनियमित विद्युत् कटौतीले विद्यालय,अस्पताल,विभिन्न सरकारी कार्यालयहरुका साथै अतिआवश्यक क्षेत्र सबैभन्दा बढी प्रभावित भएका भन्दै आफुहरु आन्दोलीत भएको उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष खड्काले बताए ।
“चर्काे घामसंगै बढेको गर्मीको मारमा परेका बर्दिवासबासीहरुलाई विभिन्न वाहनामा हुने विद्युत अवरुद्धले झन समस्या पारेको छ।केही दिनदेखि दिनभर एकटंकारले टन्टलापुर घाम लागेर अत्याधिक गर्मी भई जनजीवन अस्तव्यस्त भइरहेका बेला विद्युत् अनियमित कटौटी हुँदा पंखा नचलाइ बस्नै नसक्ने गरी हपक्क गर्मी बढि रहेको भएपनि सरोकारवाला निकाय बेखरबर बनेका कारण बाध्य भएर पुर्व पश्चीम लोकमार्ग केही समय स्थानीय र व्यापारीहरुले अवरुद्ध पारेका हुन्।”अध्यक्ष खड्काले बताए ।
गर्मीले असिन पसिन भएर बस्न बाध्य सर्वसाधारण बत्ती कट्ने बित्तिकै आत्तिने गरेका छन्।विद्युत् अनियमित कटौती हुँदा बिजुलीबाट हुने काम प्रभावित भएकोे छ।कार्यालय तथा कलकारखानाका काम प्रभावित भएका छन्,भने विद्युत सेवा सुचारु भएपनि भोल्टेज नआउने समस्या उस्तै रहेको बर्दिवासका व्यापारीहरुले बताएका छन् ।चर्को गर्मीमा विद्युतीय उपकरणको धेरै नै प्रयोग हुने हुँदा यस्तो समस्या आउने गरेको विद्युत प्राधिकरणले बताएपनि यो विद्युत प्राधिकरणको वाहना मात्रै भएको सर्व साधारणहरु बताउँछन् ।

सम्बन्धित समाचार