चालु आर्थिक वर्षको तीन महिनामा ५९ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ।सबैभन्दा धेरै आक्रमण÷कुटपिटका घटना ३४ वटा, धम्की÷दुव्र्यवहारका घटना १० वटा, पेशागत असुरक्षाका आठ वटा,कब्जा÷अवरोधका पाँच वटा र नीतिगत बन्देजका दुई वटा घटना घटेका प्रेस काउन्सिल नेपालले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा २०८२ साउन १ गतेदेखि असोज ३१ गतेसम्म गरिएको अनुगमनका क्रममा सबैभन्दा बढी बागमती प्रदेशमा ४४ वटा, मधेस प्रदेशमा छ वटा,लुम्बिनीमा चार वटा,कोशीमा तीन वटा र सुुदूरपश्चिममा एउटा घटना भएका प्रेस काउन्सिल नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लैङ्गिक आधारमा ४३ जना पुरुष र तीन जना महिला गरी ४६ जना पत्रकार पीडित भएको काउन्सिलले जनाएको छ।यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई वटा घटना भएकामा बागमती प्रदेशमा एउटा र मधेस प्रदेशमा एउटा घटना भएको छ ।यसैबिच प्रेस काउन्सिल नेपालको एक टोलीले जेनजीको नाममा गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकाका सञ्चार माध्यममा भएको तोडफोड र आगजनी बारे स्थलगत अनुगमन समेत गरेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।