कार्यविधि विपरित काम भएको भन्दै हरिपूर्वाका युवाहरुद्धारा प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र

2.5k Shares

सर्लाहीको हरिपूर्वा नगरपालिकाको योजना विकासमुखि नभइ चुनावमुखीमा रहेको पाइएको छ । नगरले ल्याएको चालु आव २०७८र०७९को अधिकाशं बजेट विकासमुखि नभइ चुनावमुखीमा भएको पाइएको हो ।
हरिपूर्वा नगरपालिकाले चालू आ.व. २०७८र०७९ मा खानेपानी पाइप जडानमा मात्र रु १ करोड ८१ लाख ५० हजार नगर सभाबाट बिभिन्न वडा तथा नगरको बजेटमा छुट्याएको छ । स्थानिय चुनावको मिति घोषणा भएसगैं स्थानिय जनप्रतिनिधीहरुले विकासमुखी नभई निर्वाचन र कार्यकर्तामुखी बजेट ल्याउन थालेको पाइएको हो ।
खानेपानी पाइप जडानमा छुट्याएको करिब रु २ करोड बजेट बिना कार्यविधि मनोमानी रुपमा वितरण भएकोभन्दै स्थानिय युवाहरुले त्यसको विरोध गरेका छन् । हरिपूर्वा नगरपालिकाको विभिन्न वडाका युवाहरुको समुहले शुक्रबार(आज) प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाललाई ज्ञापनपत्र बुझाउँदै त्यस्ता अनियमितता विरुद्ध आफुहरुको गंभिर ध्यानाकर्षण भएको बताएका हुन ।
खानेपानी पाईप जडानको कार्यविधि नै नवनाई आफुखुसी आफ्ना कार्यकर्ताहरुलाई वितरण गरेको भन्दै आफुहरुलेनगरका प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएको हरिपुर्वा नगरपालिका ५ का युवा अगुवा विरेन्द्र अधिकारीले बताए । सम्पूर्ण समाग्रीहरू तथा जडान खर्च लाभग्राहीहरूले पाऊनु पर्ने गरी मात्र जडान र वितरण गर्न गराउन आफुहरुले पटक पटक मौखिक जानकारी गराउँदा पनि नगरका जनप्रतिनिधिहरुले वेवास्था गरेका कारण बाध्य भएर आफुहरुले ज्ञापन पत्र बुझाएको उनले वताए ।
उनिहरुका अनुसार नगरपालिकाका घर घरमा हातेकल भएपनि प्रत्येक बर्ष लाखौ बजेट खानेपानी पाइप जडानमै निकासा भइरहेको छ । साथै चालु आवमा पनि  फेरी खानेपानी जडानमै करोडौ बजेट बिनियोजन हुँदा कार्यकर्ता पाल्नू बाहेक कुनै उपलब्धी नभएको भन्दै आफुहरुले ध्यानाकर्षण पत्र बुझाएका अर्का युवा राकेश यादवले बताए । उनिहरुका अनुसार नगरपालिकाले धेरै विकास निर्माणका काममा समेत अनियमितता गरेको छ ।

सम्बन्धित समाचार