Close This

प्रदेश नम्बर २ मा डान्स आईडल २०७६ हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१२ गते   ४२७ पटक हेरिएको

प्रदेश नम्बर २ मा डान्स आईडल २०७६ हुने भएको छ । सोमबार सर्लाहीको लालबन्दीमा भएको पत्रकार सम्मेलनमा प्रदेश नम्बर २ को सर्लाही,जनकपुर र विरगन्जमा अडिसन सञ्चालन हुने आयोजकले बताएको छ ।
फागुन २१ गतेबाट सुरु हुने अडिसन २०७७ साल बैशाख मसान्तमा सकिने आयोजक संस्था असंथुपिका कला केन्द्रका व्यावस्थापक संजय कुमार बलम्पाकीले जानकारी दिनु भयो । प्रदेश भरीबाट करिब १ हजार २ सय जनाको सहभागीता हुने अनुमान गरेको संस्थाले कुल ५९ लाख लागत लाग्ने अनुमान गरेको छ । खुल्ला रुपमा चल्ने अडिसनमा विकृति विसंगती ल्याउने खालका गीतहरुलाई प्रतिबन्ध लगाईएको छ भने सहभागीहरुले व्यक्तिगत  रुपमा प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ । ९ चरणमा हुने छनोटमा प्रथम हुने विजेतालाई स्कुटर,द्धितिय हुने विजेतालाई ४२ ईन्चको टिभी र तृतिय हुने विजेतालाई ल्यापटपको व्यावस्था हुनुको साथै विजेताहरुलाई चलचित्र खेल्ने अवसर दिने आयोजकले बताएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech