पूर्व पश्चीम हुलाकी सडक खण्ड अन्र्तगत सर्लाहीको कौडेना गाउँपालिका ३ पर्सा पोखरी स्थित मुसैलीबाट गोडैता तर्फ जाँदै गरेको मोटरसाईकलबाट करिब पाँच किलो लागु औषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार बिआर ०६ सिएन ७४४२ नम्बरको मोटरसार्ईकलको सिटमुनी लुईक छिपाई लैजाँदै गरेको अन्दाजी चार किलो सात सय १० ग्राम लागु औषध गाँजा बरामद् भएको हो ।
बिआर ०६ सिएन ७४४२ नम्बरको मोटरसार्ईकल र विपरित दिशाबाट जाँदै गरेको बिआर ३० एएफ १४६९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको भन्न्ने खबर प्राप्त भएपछि पुगेको प्रहरी टोलीले ७४४२ नम्बरको मोटरसार्ईकलको सिटमुनी लुईक छिपाई लैजाँदै गरेको अन्दाजी चार किलो सात सय १० ग्राम लागु औषध गाँजा बरामद् भएको हो ।
भने दुर्घटनामा १४६९ नम्बरको मोटरसाईकलका चालक मलंगवा नगरपालिका ७ बस्ने अन्दाजी वर्ष ३८ का हरदास कुमार यादव र सोही मोटरसाईकलमा पछाडी सवार अन्दाजी वर्ष ७० का अमिन्द्र राय यादव घाईते भएका सर्लाही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईते दुवै जनाको प्रादेशिक अस्पताल मलंगवामा उपचार भई रहेको छ ।त्यसैगरी,७४४२ नम्बरको मोटरसाईकलका चालक कौडेना गाउँपालिका १ का अन्दाजी वर्ष २७ का रविन्द्र गिरीलाई मलंगवा नगरपालिका १० बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।