277
Shares
स्थानीय तहमा रिक्त रहेका विभिन्न ४१ पदका लागि आइतबार उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।आईतबार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल(अर्याल)ले जानकारी दिइन् ।
नगरपालिका प्रमुख एक,उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई,उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आईतबार उप निर्वाचन भएको हो।उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी रहेका आयोगले जनाएको छ ।