हरिवनमा विषालु सर्पको डसाईबाट एक बालकको ज्यान गयो ।

2.7k Shares

सर्लाहीको हरिवन नगरपालिका १ मा विषालु सर्पको डसाईबाट एक बालकको ज्यान गएको छ । हरिवन नगरपालिका १ भोक्टेनीका रंजित ठाकुरका साँढे तीनवर्षे छोरा शिवम ठाकुरलाई बुधबार राती विषालु सर्पले डसेपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ । 
विषालु सर्पको डसेपछि उपचारका लागि नवलपुर स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा ल्याइ त्यहाँ सामान्य उपचार पश्चात जनकपुर पठाइएकोमा जनकपुर पुग्ना साथ चिकित्सकहरुले मृत घोषणा गरेका थिए । चिकित्सकहरुले मृत घोषणा गरेपछि पीडितले शवलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा ल्याइ चिकित्सकको लापर्बाहिले बालकको ज्यान गएको बताउँदै उपचार केन्द्रमा केही समय तनाव सृजना भएको थियो ।
परिवारसँगको सहमतिपछि बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाही पठाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो । 
पीडितले  चिकित्सकको लापर्बाहीका कारण बालकको ज्यान गएको भन्दै उपचार केन्द्र अगाडी बालकको शव राखेका थिए । प्रहरीका अनुसार उनिहरुले चिकित्सकको लापर्बाहीका कारण बालकको ज्यान गएको भएपनि शव पोष्टमार्टम नगरी घर लान पाउनु पर्ने पीडित पक्षको माग रहेको थियो । प्रहरीले सम्झाई बुझाई गरेपछि शव पोष्टमार्टम गर्न पीडित पक्ष राजी भएपछि शवलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार