सर्लाहीका सक्रिय पत्रकारहरुद्धारा २ हजार जनालाई सर्जिकल मास्क वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-४ गते   २१३८ पटक हेरिएको

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको तेस्रो भेरियन्टबाट सुरक्षित रहन जनचेतना जगाउने उद्धेश्यले सर्लाहीका सक्रिय पत्रकारहरुले २ हजार जनालाई सर्जिकल माक्स वितरण गरेका छन् । रिपोर्टर्स क्लब प्रदेश नं. २ का अध्यक्ष बख्तियार अलिको नेतृत्वमा जिल्लाका सक्रिय पत्रकारहरुले स्थानिय सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण पनि होस र नागरिकमा सचेतना पनि जागोस भनेर सर्जिकल माक्स वितरण गरेका अभयानमा संग्लग्न पत्रकार मनोज यादवले बताए ।
पत्रकारहरुले विभिन्न दाताहरुसँगबाट सहयोग संकलन गरि मलंगवा नगरपालिकाका विभिन्न चोकहरुमा कोरोना भाईरसको संक्रमण बढ्न नदिन सचेतना जगाउँदै २ हजार जनालाई सर्जिकल माक्स वितरण गरेका नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का कोषाध्यक्ष विश्वनाथ ठाकुरले बताए ।
विशेष गरी कोरोना भाईरस सम्बन्धि सचेतना फैलाउने र सरोकारवाला निकायको पनि ध्यानाकर्षण गराउने  उदेश्यले आफुहरुले सर्जिकल माक्स वितरण गरेको पत्रकार अलिले बताए । अभियानमा , पत्रकार अलि,नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का कोषाध्यक्ष ठाकुर, पत्रकार यादव र सुनिल राय लगायतका पत्रकार एवम संचारकर्मीहरुको सहभागीता रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech