लालबन्दी नगरपालिका १५ मा जनप्रतिनिधिहरुसंग नागरिकको अन्तरक्रिया

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१२ गते   ४४२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ मा जनप्रतिनिधिहरुसंग नागरिकहरुको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघिय नेपालको पहिलो स्थानिय निकायका जनप्रतिनिधिहरुसंग नागरिकहरुले अन्र्तक्रिया कार्यक्रम गरेका हुन ।
कमलामाई मिडिया प्रा.लिको आयोजना तथा लालबन्दी नगरपालिका १५ को सहयोगमा एक दिने अन्र्तक्रिया कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष शंखर पहाडी(गौरब)ले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यक्रममा नेकपा(माओवादी केन्द्र) लालबन्दी नगरपालिका १५ का वडा कमिटिका अध्यक्ष तिलक बहादुर रेग्मी मगर(रामहरी),नेकपा(एमाले) का वडा प्रतिनिधि उद्धव मोक्तान,नेपाली कांग्रेसका वडा प्रतिनिधि गणेश कार्की,वडा नम्बर १५ का सबै जनप्रतिनिधिहरुका साथै करिब ५० जना स्थानियबासीको उपस्थिती रहेको थियो ।
लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष गोरख बहादुर वलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिकहरु र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले वडा अध्यक्ष लगायत वडाका जनप्रतिनिधिहरुले वडामा गरेको विकास निर्माणको कामको खुलेर प्रसंसा गरेका छन् । केही स्थानमा केही काम बाँकी रहेको भएता पनि भौगोलिक बनावटका कारण सो काम सम्पन्न हुन नसकेको भएपनि थालनि भई सकेको भन्दै चाँडै सम्पन्न गर्न गराउन उनिहरुले आग्रह गरका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech