बागमतीका नगर प्रमुख थापालाई नियोजित रुपमा फसाउन खोजीएको भन्दै माओवादी केन्द्र सर्लाही आन्दोलीत

445 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भतर कुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तान सहित जनप्रतिनिधिहरु र कर्मचारीहरु माथि वन मुद्धा दर्ता भएपछि नेकपा (माओवादी केन्द्र)सर्लाही आन्दोलीत भएको छ।भ्रष्टाचार सम्बन्धी मुद्धामा अनुसन्धानको क्रममा रहेका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान सहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरु माथि बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी र नगर वगैँचा अख्तियारको दायरामा नभई वन मन्त्रालय तर्फ रहेको भन्दै वन सम्बन्धी मुद्धा दर्ता भएपछि माओवादी केन्द्र सर्लाहीले आन्दोलन सुरु गरेको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लले बताए ।

WhatsApp Image 2025-01-26 at 10.59.23 PM.jpeg
उनका अनुसार बागमती नगरपालिका ४ र १२ स्थित बागमती नदी उकासमा निर्माणाधिन अवस्थामा रहेको करिब एक सय २० बिघाको बागमती माछा पोखरी निर्माणको क्रममा व्यापक अनियमितता भएको भन्दै अख्तियारले छानविन गरी रहेको र सो क्षेत्र आफ्नो दायरा भन्दा बाहिर वनको दायरामा पर्ने भन्दै अख्तियारले वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरी सोही अुनसार डिभिजिन वन कार्यालय लालबन्दी सर्लाहीले मुद्धा दर्ता गरी प्रक्रियामा लागेपछि अहिले ताल तथा नगर बगैँचाको कुरा उठेपनि पछि आफुहरुलाई समेत घरबार विहिन बनाउने षड्यन्त्रमा संघीय सरकार लागेको भन्दै संघीय सरकारको विरुद्धमा माओवादी केन्द्र सर्लाही आन्दोलीत भएको माओवादी केन्द्रका नेता बद्री प्रधानले बताए ।

WhatsApp Image 2025-01-26 at 10.59.23 PM (3).jpeg
उनका अनुसार २०६१÷०६२ मै सो क्षेत्रमा वन सखाप भएका र खाली रहेको जमिनलाई सदुपयोग गर्दै बागमती माछा पोखरी र नगर वगैँचा निर्माण हुनुका साथै सो क्षेत्रलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिस्तरमा परिचित बनाउँदै राज्यको आन्तरीक राजश्वमा टेवा पुर्याएको र स्थानीयलाई रोजगारी सृजना गर्नु नगर प्रमुख थापाले के गल्ती गरेर आज उनलाई वन सम्बन्धी झुटा मुद्धा लगाइयो । 
बागमती नगरपालिकाले संघ र प्रदेश सरकार समेतको अनुदानबाट बागमती नदी उकास क्षेत्र (बुढि बागमती)मा बागमती माछा पोखरी बनाई पालिकाले माछा पालन र पर्यटन प्रवद्र्धनका साथै आन्तरीक आय स्रोतको व्यवस्थापनको काम गरि रहेको भएपनि अहिलेको सरकारका प्रमुख नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमान्त्री केपी शर्मा ओलीले बागमतीको विकास देख्न नसकेर बागमती नगरपालिका र यहाँका जनप्रतिनिधिहरु माथि नियोजित रुपमा लागि वन मुद्धा लगाउन लागि परेका परेको माओवादी केन्द्रका नेता राजकुमार यादवले बताए।उनले अहिलेको गठबन्धन सरकार नियोजित रुपमा राजनीतिक प्रतिशोध साँध्न खोजेको र यो चंगुलमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाही नफसोस,यदी आगोमा हाम फाल्ने काम डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख र कर्मचारीहरुले गर्छन भने आफुहरुले नछाड्ने  बताए ।

WhatsApp Image 2025-01-26 at 10.59.23 PM (1).jpeg
जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही,सागरनाथ वन विकास परियोजना सर्लाही र डिभिजन वन कार्यालय लालबन्दी सहित मधेश प्रदेश सरकारका मुख्य मन्त्री र वन तथा वातावरण मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएर कुनै आग्रह पुर्वाग्रह नराखी अनुसन्धान गर्न र निर्दोषलाई नफसाउन आग्रह गरिएको भएपनि नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकार नियोजित रुपमा बागमती नगरपालिका र यहाँका जनप्रतिनिधिहरु माथि लागेका कारण पहिलो चरणमा आन्दोलनको ट्रेलर सार्वजनिक गरिएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले बताए ।

WhatsApp Image 2025-01-26 at 10.59.23 PM (4).jpeg
उनले आफुहरु प्रचलित कानून र संविधान अनुसार चल्ने तर प्रचलित कानूनलाई उल्टो पारेर कानून विपरित कोही चल्छ भने त्यसको खुलेर प्रतिवाद गर्ने बताए।सरोकारवाला सबै निकायसंग भेटेर तथा ज्ञापन पत्र मार्फत अन्याय अत्याचार नगर्न आग्रह गरेको र त्यसलाई वेवास्था गर्दै राजनीतिक प्रतिसोधका आधारमा कसैले राज्य चलाउने साहस गर्छ भने त्यो किमार्थ मान्य नहुने समेत माओवादी केन्द्र सर्लाहीका इन्चार्ज काफ्लेले बताए ।

WhatsApp Image 2025-01-26 at 10.59.23 PM (5).jpeg
पहिलो चरणमा बागमती नगरपालिका ४ र १२ स्थित बुढी बागमती नदी उकासमा निर्माण भइरहेको बागमती माछा पोखरी(भरत ताल) पुर्ने र दोस्रो चरणमा ऐलानी जग्गामा विगत करिब दुई दशक देखि बसोबास गर्दै आएका सुकुम्बासी,दलित र भूमिहिनलाई घरबार विहिन बनाउने कार्यमा सरकार लागि परेको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रल्हाद कुमार बुढाथोकीले बताए ।
उनले अहिलेको सरकार राष्ट्रिय भ्रष्ट्रहरुलाई सुरक्षित गर्ने र विकास प्रेमीहरुलाई सकाउने उद्धेश्यले बनेको सरकार भएकाले झुटा मुद्धा लगाउने दुस्साहस गरेका कारण त्यो माओवादी केन्द्र र आम सर्व साधारण जनतालाई अस्विकार्य भएकाले आन्दोलन सुरुगरिएको बताए ।
विगत करिब २० वर्षदेखि सुकुम्बासी,दलित,भूमिहिनहरु खाली रहेको जमिनमा घर टहरा बनाई बसोबास गरि रहेका र सो क्षेत्रमा २०६५ साल अघि नै परियोजनाका कर्मचारीहरु र काठ तस्करहरुको मिलेमतोमा वन सखाप भएको भएपनि अहिलेको भ्रष्ट्र सरकार बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतिनिधिहरुले वन विनास गरे भनेर झुटो मुद्धा लगाउने प्रपञ्चमा लागेको समेत माओवादी केन्द्रका स्थायी कमिटि सदस्य बुढाथोकीले आरोप लगाए ।
त्यस्तै,वन ऐनले वन अपराध भनेको विषयमा डिभिजन वन कार्यालयले हेर्ने अनुसन्धान गर्ने र अहिले बागमती माछा पोखरी र आसपासको वस्तुगत अवस्थाको सवालमा अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए ।उनले सो क्षेत्रमा बसोबास गरि रहेका सुकुम्बासी,दलित,भूमिहिन र अव्यवस्थित बसोबासीहरुको सवालमा कुनै किसिमको अनुसन्धान नहुने र पछि राज्यको नीति अनुसार जोहुन्छ त्यही अनुसार हुने समेत बताए ।
माथिल्लो निकायबाट पत्र आएपछि मुद्धा दर्ता गरी अनुसन्धान अधिकृत तोकेर बागमती माछा पोखरी र नगर बगैँचाको अनुसन्धान सुरु गरि सकेको साथै सरोकार राख्ने व्यक्तिसँग सोधपुछ गरेर सरकारी वकीलको कार्यालय सर्लाहीलाई फाइल बुझाउने डिभिजन वन कार्यालय लालाबन्दी सर्लाहीका प्रमुख झाले बताए ।
भने,मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेले अहिले संघीय वन तथा वातावरण मन्त्रालयबाट आएको पत्रानुसार बागमती माछा पोखरी र सो आसपासको अवस्थाको अनुसन्धान हुने तर सो क्षेत्रमा बसोबास गरि रहेका सुकुम्बासी,दलित र भूमिहिनलाई घरबार विहिन बनाउने पक्षमा अहिलेको सरकार नरहेको समेत बताए । 
यता,२०६६ र २०६७ मा सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख जीवन कुमार ठाकुर सहित चार जना वन अधिकृतहरु सहित आन्दोलनरत पक्ष विच सम्झौता भई सो क्षेत्रमा टाँगीया बस्ती निर्माण गर्ने,वास्तविक सुकुम्बासीहरुको पहिचान गर्ने र व्यावस्थापन गर्ने,परियोजना क्षेत्रमा आश्रीत विपन्नहरुको जीविको पार्जनका लागि योजना बनाउने,जनसहभागिता र लाभांश वाँडफाँड गर्ने र क्षेतीपुर्ति उपलब्ध गराउने लगायतका विषयमा निर्णय भई सहमती भएको भएपनि अहिले बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई अनावश्यक दुःख दिने नियतले सरकार लागि परेका कारण स्थानीय आक्रोसित भएका छन्।
 नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार माओवादी केन्द्रबाट निर्वाचित जनप्रततिनिधिले गरेको विकास देखेर अतालिएका कारण अनावश्यक झुटा वन मुद्धा लगाई फसाउने षडयन्त्रमा लागेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरे।राष्ट्रिय वन तथा सागरनाथ वन विकास परियोजना सर्लाही क्षेत्रको जग्गा अतिक्रमण नियन्त्रणका लागि मुख्य सचिवको संयोजकत्वमा अन्तर निकायको बैठक बसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको वातावारण तथा विपद् व्यवस्थापन शाखाले बागमती नगरपालिकालाई सम्बोधन गरी पुस २५ गते निर्णय कार्यन्वयन सम्बन्धमा भन्दै पत्र लेखेपछि अहिलेको सरकार नियोजित रुपमा बागमतीका नगर प्रमुख थापा सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुका साथै बागमती नगरपालिका माथि नियोजित रुपमा लागि परेको भन्दै डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीमा धर्ना दिने,मसाल जुलुस गर्ने,पुर्व पश्चीम राजमार्ग बन्द गर्ने र अनिश्चितकालिन सर्लाही जिल्ला बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सुरु भएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार