Close This

शिक्षा पत्रकार सिलवाललाई ‘सूचक पत्रकारिता पुरस्कार’द्वारा सम्मान

रासस    प्रकाशित: २०७७-१०-१५ गते   २५४ पटक हेरिएको

राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकार प्रकाश सिलवाललाई सूचक प्रकाशनको सूचक पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ । विशेष गरेर शिक्षा पत्रकारितामा अधिक कलम चलाउँदै आएका पत्रकार सिलवालसहित सूचक प्रकाशनले साहित्य, पत्रकारिता र समाजसेवाका क्षेत्रमा कार्यरत ६ जनालाई पनि ‘सूचक सम्मान’ प्रदान गरेको छ ।

सुगत बौद्ध महाविद्यालयका प्रमुख तीर्थरत्न शाक्यलाई ‘सूचक कृष्णबहादुर समाजसेवा पुरस्कार’, साहित्यकार नविना श्रेष्ठलाई ‘सूचक पद्मादेवी साहित्य पुरस्कार’, धातुपत्र कलाकार एकराज शाक्यलाई ‘सूचक कुवेरसिंह थ्वज्या माज्या कला पुरस्कार’द्वारा सम्मान गरिएको छ । 

यस्तै अधिकारवादी सीमा खानलाई ‘सूचक लिली प्रतिभा पुरस्कार’ र साहित्यकार एवं उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलाई ‘सूचक रतन युवा साहित्य पुरस्कार’, प्रदान गरिएको हो ।उक्त सम्मान विगत १५ वर्षदेखि निरन्तर प्रदान हुँदै आएको बताइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech