लालबन्दी र हरिवनका सडकमै साप्ताहिक हाटबजार,दुर्घटनाको उच्च जोखिम,

297 Shares

पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी र हरिवन  नगरपालिका क्षेत्रमा पर्ने बजारहरु व्यस्त बजार हुन।जहाँ हजारौँ सवारीसाधन र सेवाग्राहीको आवत जावत हुन्छ।तर,सवारी आवगमन र भिडभाड युक्त क्षेत्रमा साप्ताहिक हाट बजार समेत लाग्ने हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ।पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी र हरिवन नगरपालिका क्षेत्रका साप्ताहिक बजारहरुमा हरेक बजार अनुसार हेर्दा सबै दिन बजार लाग्ने गरेको भएपनि सरोकारवाला निकायहरु त्यस तर्फसचेतनहुँदा दुर्घटनाको जोखिम बढी रहेको छ ।
यी हाटबजारहरुमा तरकारी देखि खासी बाख्रा,फलफूल र कपडा सडकमै राखिँदा सवारी दुर्घटनाको जोखिम भए पनि सम्बन्धी सरोकारवाला स्थानीय नगरपालिकाहरुका साथै सवारी साधनका लागि खटिएको टूाफिक प्रहरी समेत मौन देखिएको छ । लालबन्दी नगरपालिकाको केन्द्र लालबन्दी बजार र हरिवन नगरपालिकाको केन्द्र हरिवन बजारमा समेत नगरपालिकाले ठेक्का नै लगाएर सडकको किनारैमा तरकारी देखि खासी बाख्रा,फलफूल र कपडा सम्मको बजार लगाउन दिने गरेको छ । लालबन्दी नगरपालिका ७ स्थित साझा संस्था अगाडि र लालबन्दी नगरपालिका ७ कै डुमडुमे मन्दीर अगाडि नगरपालिकाले राजश्व नै संकलन गरेर सडक मै तरकारी देखि खासी बाख्रा,फलफूल र कपडा बजार लगाउने गरेको र त्यसका कारण सवारी  दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् ।उनीहरुका अनुसार हरिवन नगरपालिका ११ स्थित चार्जिङ स्टेशन नजिकै सडकमै खासी बजार र हरिवन नगरपालिका ११ को मुख्य बजारमा पनि तरकारी देखि खासी बाख्रा,फलफूल र कपडा बजार लगाउन हरिवन नगरपालिकाले ठेक्का नै लगाउने र राजश्व असुल्ने काम गरेको छ ।
लालबन्दी नगरपालिका ७ को साझा संस्थादेखि डुमडुमे मन्दीर सम्मको सडकमै लाग्ने हाट बजारले दुर्घटनाको जोखिम बढाएको छ।“हरेक साताको दुई दिन लाग्ने हाटबजारमा सामान किनमेल गर्न आउनेहरू व्यापारी र किसानहरुसँग नगरपालिकाले राजस्व स्वरूप बट्टी उठाउँछ, तर बजारको सुरक्षा र व्यवस्थापनका लागि पटक्कै ध्यान दिएको छैन।”एक स्थानीय व्यपारीले बताए ।
“सडक क्षेत्रमै लाग्ने हाटबजारमा जोखिम मोलेर किनमेल गर्नुपर्छ,सडकमा ओहोर दोहोर गर्ने, किनमेल गर्न आउने र बिक्री गर्ने सबैजना सवारी दुर्घटनाको जोखिममा छौँ।यस तर्फ कसको ध्यान जान्छ।स्थानीय सरकारलाई जसरी भएपनि राजश्व असुल्न पाएभयो।ठेकेदारहरुलाई  जसरी भएपनि नाफा निकाल्न पाए भयो ।हाम्रो सुरक्षा कसले गर्छ।”अर्का सेवाग्राहीले गुनासो गरे ।तरकारी देखि खासी बाख्रा,फलफूल र कपडा बजारका साथै म्याजिक,विंगर, बस र टेम्पो समेत रहेको हुँदा कुनै पनि समयमा दुर्घटना हुन सक्ने र त्यसले मानवीय क्षति हुन सक्नेतर्फ नगरपालिकाले ध्यान नगएको स्थानीयकोे गुनासो छ।“सडक मै लाग्ने हाटबजारका कारण पैदलयात्री र सवारीसाधनका लागि पनि लालबन्दी र हरिवन बजार चुनौतीपूर्ण बन्दै गएको स्थानीय युवाहरुको भनाई छ।त्यसका लागि स्थानीय सरकार नै जिम्मेबार बन्नु पर्ने र सडक क्षेत्रमा पसल,ठेलागाडा,सागसब्जी र अन्य व्यापार गर्दा पैदलयात्रीलाई हिड्नै सकस हुने समस्या समाधान गर्नुपर्छ।”स्थानीयले बताए ।यता,सडक किनारैमा लागेको हाटबजारलाई व्यावस्थापनको काम भई रहेको लालबन्दी र हरिवन नगरपालिकाले जनाएको छ ।
सोही विषयमा सम्बन्धी क्षेत्रका ठेकेदारहरुलाई सचेत रहन आग्रह गर्दा उनीहरुले कमालमाई मिडिया प्रा.लि.को विरुद्ध विभिन्न निकायमा उजुरी हालेका छन्।यसबाट पनि नगरपालिकाको मिलेमतोमा ठेकेदारले सडकमा बजार लगाउने र असुल्ने काम गरेका प्रष्ट हुन्छ।साथै नगरपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा नगरपालिकाको राजश्वमा समेतहानी नोक्सानी भएको हुन सक्ने स्थानीयको आरोप छ । लालबन्दी र हरिवन लगायत जिल्लाका विभिन्न खसी बजारहरुमा  खसी बजारको नाममा ठेक्का लाग्ने र बाख्राको समेत खरिद बिक्रि हुने साथै भारतबाट भन्सार छली तथा तस्करी ल्याएका खसी बाख्राहरुको वर्चश्व रहेको पाइएको छ । जसको कुने भेटेरिनरी प्रमाण पत्र समेत नहरने गरेको भएपनि प्रहरी प्रशासन कमिसन असुलीमा मस्त हुँदा भारतबाट  भन्सारली अवैध तरिकाबाट खसी बाख्राहरु नेपाली बजारमा सहजै भित्रने गरेको छ ।

सम्बन्धित समाचार