जनता समाजवादी पार्टी(जसपा)नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य अशोक यादवले मधेस आज नभए भोलि अलग हुने अभिव्यक्ति दिएका छन्।नेपाल प्रहरीको खोजी सूचीमा रहेका जसपा मधेशका अध्यक्ष यादवले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेको अडियो भाइरल भएपछि जसपा मधेशका अध्यक्ष यादव फरार रहेका छन् ।
प्रहरी स्रोतका अनुसार जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेपछि जसपा मधेशका अध्यक्ष यादव फरार भएका छन्।यद्यपि,आइतबार उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफू फरार नभएको र छोराको उपचारको लागि खटिएको दाबी गरेका थिए ।सोमबार उनले अर्को भिडियो सन्देश जारी गर्दै बिहारका सम्पूर्ण जनता,बिहारका सबै राजनीतिक दलका नप्रतिनिधिहरू,नेतागण र बिहारका सम्पूर्ण प्रहरी अधिकारी र सुरक्षाकर्मी प्रशासनलाई अपिल गरेका छन् ।
“भारतमा नेपालका आन्दोलनकारीहरूलाई शरण मिल्दै आएको छ।सुरुदेखि नै हरेक विभिन्न किसिमका आन्दोलन भए र आन्दोलनकारी कोही अपराधी वा हत्यारा होइनन्।तर स्थानीय स्तरमा सर्लाहीका एसपी र डीएसपी गुण्डागर्दी गर्दै भारतीय सेवा क्षेत्रमा,सीमावर्ती इलाकाका मानिसहरूलाई गलत आरोप लगाएर हामीले गलत काम ग¥यौँ,हाम्रा आफन्तहरू”मेरा आफन्तका घरमा गएर छापा मारे।र छापा मारिरहेका छन् अहिलेसम्म।अतःम बिहार सरकारसँग आग्रह एवम बिहारका सबै मानिसहरू तथा जनप्रतिनिधि र प्रहरी प्रशासनसँग आग्रह गर्दछु कि यो विदेशको मामला हो र राजनीतिक मामला हो।र हामीहरू आन्दोलनको लडाइँ अहिलेसम्म लडिरहेका छौँ।जनताको लडाइँ लडिरहेका छौँ। भारतमा हाम्रो शरण स्थल छ।भारतको हामीलाई समर्थन मिल्नुपर्छ,समर्थन मिलेको छ।”उनले भनेका छन् ।उनले आफू रहे पनि नरहे पनि एक दिन मधेस नेपालबाट अलग हुने पनि भिडियोमा दाबी गरेका छन् ।उनले अब आउने दिनमा विद्रोह हुने सम्भावना रहेको समेत बताए ।
“हामीले धेरै पटक के सोचेका थियौँ कि यो देशबाट मधेस अलग हुनुपर्छ। तर स्वाभिमानका लागि हामी नेपालको,नेपाल मेरो देश हो,म त्यो देशको नागरिक हुँ,त्यो पनि हामी गर्व गथ्र्यौँ।तर यो दमन शोषणले हामीलाई भित्रबाट धेरै ठुलो अब आउने दिनमा विद्रोह हुने सम्भावना छ।हाम्रा सीके राउतजीले बिगुल फुकेका थिए,कि स्वराज मधेस अलग होस्। सही कुरा हो।मधेस आज नभए भोलि अलग हुनेछ।म रहूँ वा नरहूँ।तर मधेसमा आउने जुन सन्तति र आउने जुन पुस्ता छ,यो नस्लवादी चिन्तन–मनन गर्ने सोच राख्ने जुन मानिसहरू छन्, त्यसको अन्त्य हुनेछ।”जसपा मधेशका अध्यक्ष यादवले आफ्नो भिडियोमा भनेका छन् ।