Close This

लक्षित समुदायका समस्यामा स्थानिय सरकार बेखबर रहेको मुसहर समुदायका अगुवाहरुको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२९ गते   १६९ पटक हेरिएको

सर्लाहीका लक्षित समुदायका लागि छुट्याइएको बजेट लक्षित समुदाय स्तरसम्म नपुगेको पाइएको छ । समानरुपमा सबै क्षेत्र तथा वर्गको आर्थिक सामाजिक विकास गर्ने उद्धेश्यले सरकारले लक्षित वर्गका लागि ल्याएको बजेट लक्षित समुदाय स्तरसम्म नपुगेको गरेको पाइएको हो ।
साप नेपालको सहयोग तथा नेपाल राष्ट्रिय मुसहर संघको समन्वयमा मुसहर महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत बरहथवा नगरपालिकामा पालिका स्तरीय नीतिगत पैरवीका लागि सरोकारवालासँग परामर्श तथा समन्वयात्मक अन्तरक्रिया कार्यक्रममा सरकारले लक्षित वर्गको लागि छुट्याएको बजेट लक्षित समुदाय स्तरसम्म नपुगेको पाइएको छ ।
कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा गरेको खर्च तथा कार्यक्रममाथी छलफल गर्दा लक्षित समुदयको नाममा आएको बजेट लक्षित समुदायसम्म नपुगेको पाइएको हो । मुसहर समुदायमा गरिएको एक सर्भेक्षणमा ८० प्रतिशत मुसहर समुदायमा बजेट बारे जानकारी नै नरहेको पाइएको कार्यक्रममा सहभागीहरुले बताएका छन् । लक्षित समुदायका  २० प्रतिशत मानिसहरुलाई मात्र बजेटबारे जानकारी भएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनु भयो ।
“माझी मुसहर समुदायको समस्याबारे आफु जानकार रहेको”बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले बताउनु भयो । उहाँले “मुसहर माझि उत्थानको लागि नगरपालिकाले दलित माझी समुदायलाई लक्षित गरेर छुट्टै इकाई खडा गरेर सेवा सुविधा प्रवाह गर्ने” बताउनुभयो ।
चरम गरिबी र गाँस,बाँस,कपास जस्ता आधारभूत आवश्यक्ता परिपूर्ती गर्न र दैनिकी चलाउन सिंगो परिवारनै दैनिक ज्याला मजदुरीमा निर्भर रहनु पर्ने भएकोले उनीहरुले स्थानीय सरकारको कार्यक्रमबाट लाभ लिन नसकेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
त्यसैगरी गरिब तथा दलित मुसहर समुदाय अझैपनि सुकुम्वासी तथा भूमिहिन नै रहेका समेत पाइएको छ । उनीहरु आफ्ना मागहरु लिएर स्थानीय सरकार,राष्ट्रिय भूमी आयोग, जिल्ला प्रशासन कार्यालय जस्ता सम्बन्धित निकायमा पुग्न नसकेका कारण पनि अझैपनि सुकुम्वासी तथा भूमिहिन नै रहेका समेत पाइएको हो । स्थानीय जनप्रतिनिधिहरुले उनीहरुको समस्याबारे चासो नै नदिएको नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला अध्यक्ष रितुराज ऋषिले आरोप लगाउनु भयो। उहाँले “स्थानिय सरकार अझैपनि गरिब,दलित मुसहर समुदायको भावना र समस्या बुझ्ने काममा नलागेको बताउनु भयो ।”

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech