रौहतटको चन्द्रपुर नगरपालिका ३ स्थित अरुण बस्ति क्षेत्रमा व्यापक मात्रामा वन फडानी भएको पाइएको छ।सव डिभिजन वन कार्यालय धन्सार क्षेत्र अन्र्तगत पर्ने उक्त क्षेत्रमा करिब एक हेक्टर वन फडानी भएको स्थानीय स्रोतले जनाएको छ।“जेन जी”पुस्ताको आन्दोलनको मौका छोपी वन तस्करहरुले ठूलो मात्रामा वन फडानी गरेका भएपनि डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साह सहित वनकर्मीहरु उत्त कार्यमा संग्लग्नहरुलाई आवश्यक अनुसन्धान गरी कार्बाही गर्नुको सट्टा आफुहरुलाई कुनै जानकारी नभएको भन्दै पञ्छिने गरेका छन् ।
स्थानीय स्रोतका अनुसार चन्द्रपुर नगरपालिका ३ अरुण बस्ति क्षेत्रमा वन फडानी गरेर घेराबारका लागि पोल समेत गाडिएको भएपनि सो सम्बन्धमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख एवम डिभिजन वन अधिकृत साहले उत्त विषय आफुलाई जानकारी नभएको बताए ।
उत्त क्षेत्रमा घाँस दाउरा तथा पशु चौपाय चराउन गएका स्थानीयले वन फडानी भएको देखेपछि हामीलाई जानकारी गराएका सोही अनुसार डिभिजन वन कार्यालय रौतटहलाई जानकारी गराउँदा आफुहरुलाई सो सम्बन्धमा थाहा नभएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख एवम डिभिजन वन अधिकृत साहले बताए ।
यता,सव डिभिजन वन कार्यालय धन्सारका प्रमुख विकास लामिछानेले उत्त क्षेत्रमा करिब एक हेक्टर अतिक्रमणको प्रयास भएको र सो क्षेत्रमा करिब पाँच हेक्टर अतिक्रमणको जोखिम रहेको बताए।उनले अतिक्रमण भएको र अतिक्रमणको जोखिममा रहेको उक्त क्षेत्रमा वृक्षरोपण गरिने समेत बताए।स्थानीय स्रोतका अनुसारका अनुसार उक्त क्षेत्रमा अतिक्रमण गर्न आर्थिक चलखेल समेत रहेको बुझिएको छ ।
उत्त क्षेत्र केही समय पहिलादेखि नै अतिक्रमणको जोखिममा रहेको र सबै ठूला रुखहरु तस्करी भई सकेका साथै झाडीपनि फाँडेर खनजोत गर्ने तयारीमा रहेका कारण उत्त क्षेत्रमा वृक्षारोपणको तयारी भएको समेत सव डिभिजन वन कार्यालय धन्सारले जनाएको छ।तर यति हुँदा समेत डिभिजन वन कार्यालय रौतहटका प्रमुख साहलाई जानकारी नहुनु वा जानकारी नभएको बताउँनु उनको समेत मिलेमतो रहेको स्थानीयले आशंका गरेका छन् ।

उत्त क्षेत्र गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाको सीमा विवादित र बाराको निजगढ नगरपालिकाको सीमाना नजिकै पर्ने क्षेत्र हो ।जसका कारण निजगढ नगरपालिका १ का स्थानीयले अतिक्रमणको प्रयास गरेका हुन सक्ने समेत सव डिभिजन वन कार्यालय धन्साले आशंका गरेको छ ।
चन्द्रपुर नगरपालिका ३ स्थित अरुण बस्तिदेखि बाराको निजगढ नगरपालिका १ सिगौल जाने बाटो मुनि झोलुङ्गे पुल आसपासको क्षेत्रमा वन अतिक्रमण हुनुले पनि सिगौलका स्थानीयको मिलेमतो रहेको हुन सक्ने स्थानीयको आशंका छ ।उत्त क्षेत्रमा पहिला पनि अतिक्रमण भएको र सो कार्यमा संग्लग्नहरुलाई उपर कानुनी प्रक्रिया सुरु भई सकेको सव डिभिजन वन कार्यालय धन्सारले जनाएको छ ।