डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीको क्षेत्रमा जंगली हात्तीले पुर्याएको क्षेतीको सरोकारवाला निकायले स्थलगत अवलोकन गरेका छन्।महोत्तरीको वन क्षेत्रमा देखिएका तीनवटा जंगली हात्तीहरूबाट वन जंगल क्षेत्रको नजिकमा रहेका बासिन्दाहरूका बालीनाली नष्ट गर्नुका साथै केही व्यक्तिहरूको घरहरू भत्काए पछिउनीहरुलाई कसरी चाँडै राहत उपलब्ध गराउन सकिन्छ भन्ने योनजाका साथ सरोकारवाला निकायले स्थलगत अबलोकन गरेको डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका प्रमुख एवम डिभिजन वन अधिकृत अजय कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरे, ताल परियोजनाका प्रमुख राम किशोर यादव,चुरे उत्थानशील आयोजना महोत्तरीका प्रमुख सुनिल गुप्ता र डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका साथै मातहतका सव डिभिजन वन कार्यालयहरुका प्रमुख तथा कर्मचारीहरु तथा टुटेश्वर नाथ साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष विनय झाले महोत्तरीको जंगल क्षेत्रमा जंगली हात्तीले पुर्याएको क्षेतीको स्थलगत अवलोकन गरेका हुन ।
जंगली हात्तीले बालीनाली नष्ट गर्नुका साथै केही व्यक्तिहरूको घरहरू समेत भत्काएकाले उनीहरूको दुःख पीडामा मल्हम स्वरुप राज्यको नीयमानुसारको क्षतिपूर्ति वापत उपलब्ध गराउन सहज होस भनेर स्थलगत अवलोकन गरिएको प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव घिमिरेले बताए ।डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीले जिल्लाको उत्तरी क्षेत्रमा भएको वन अतिक्रमण हटाउनुका साथै वनजन्य पदार्थको चोरी तस्करीलाई न्यूनिकरण गर्न विशेष अभिायन नै बनाएर लागि परेको छ ।