मधेश प्रदेशमा ५ सय ८० सवारी साधनहरुको यान्त्रीक र चालकहरुको स्वास्थ्य परिक्षण

1.5k Shares

मधेश प्रदेश भएर सञ्चालीत लामो दुरीका मालवाहक तथा यात्रु बाहक सवारी साधनहरुको यान्त्रीक परिक्षण गरिएको छ । मधेश प्रदेश भएर सञ्चालीत लामो दुरीका ५ सय ८० वटा मालवाहक तथा यात्रु बाहक सवारी साधनहरुको यान्त्रीक परिक्षण गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेशले लामो दुरीका यात्रुबाहक तथा मालवाहक सवारी साधनहरुको यान्त्रीक,चालकहरुको स्वास्थ्य परिक्षण,माद्यक पदार्थ सेवन(मापशे),लागु पदार्थ सेवन(लापसे) गरे नगरेको परिक्षण,आँखा परिक्षण गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश भएर सञ्चालित लामो दुरीका ५ सय ८० वटा यात्रुबाहक तथा मालवाहक सवारी साधनहरुको यान्त्रीक परिक्षण र ५ सय ८० जना चालकहरुको आँखा र अन्य स्वास्थ्य परिक्षण गर्नुका साथै मापसे र लापसे समेत परिक्षण गरिएको र ट्राफिक सचेतना समेत जगाउँने स्टिकरहरु टाँस गरिएको हो ।
मधेश प्रदेशको जितपुर सिमरा उपमहा नगरपालिका  २१ बारा स्थित पुर्व पश्चिम लोकमार्गमा क्याम्प नै राखेर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेशले प्रदेश मै पहिलो पटक लामो दुरीका यात्रुबाहक तथा मालवाहक सवारी साधनहरुको यान्त्रीक र चालकहरुको स्वास्थ्य परिक्षण गरेको हो । सवारी साधनहरु र चालकको सामान्य अवस्था पनि थाहा हुने र दुर्घटना न्युनिकरणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले बताए । उनका अनुसार पुराना सवारी साधनहरु जिर्ण सडक,चालकहरुका साथै पैदल यात्रीहरुको लार्पबाहि र ट्राफिक सचेतनाको कमीका कारण पनि दुर्घटना हुने गरेको भन्दै दुर्घटना न्युनिकरण गर्न र सवारी साधनहरुको अवस्था र चालकहरुको वर्तमान स्वास्थ्य अवस्था थाहा पाउन मधेश प्रदेशमा पहिलो पटक यस्तो अभियान सुरु गरिएको हो । 
जसबाट सवारी साधनहरुको यान्त्रीक अवस्थामा सुधार हुनुका साथै चालकहरुको सामान्य स्वास्थ्य अवस्थामा सुधार हुने र ट्राफिक सचेतनाका कारण दुर्घटना न्युनिकरण हुने ट्राफिक प्रहरीले विश्वास लिएको छ ।  भने समय समयमा यस प्रकारका चेकजाँट ट्राफिक प्रहरीले गर्दिँदा आफुहरुलाई पनि चासो बढ्ने र सवारी साधनको यान्त्रीक खरावीका कारण सवारी दुर्घटना हुने सम्भावना घट्ने चालक प्रकाश श्रेष्ठले बताए । उनले आफुले सवारी चलाएको लामोसमय भईसकेको हुँदा पनि पहिलो पटक ट्राफिक प्रहरीले राम्रो कामको थालनि गरेको हो । 

सम्बन्धित समाचार