Close This

आप्रवासी कामदारको न्यायमा पहुँचका लागि पालिका स्तरीय छलफल सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१५ गते   ४६ पटक हेरिएको

सर्लाहीको  मलंगवा तथा कविलासी नगरपालिका र बसबरिया गाउँपालिकामा आप्रवासी कामदारको न्यायमा पहुँचका लागि पालिका स्तरीय छलफल सम्पन्न भएको छ । फिनलैण्ड सरकार अन्तर्गत कियोज फाउन्डेशनको आर्थिक सहयोगमा मानवअधिकारको लागि जनमञ्च (पिपुल फोरम) कालिकास्थान काठमाडौको आयोजनामा आप्रवासी कामदारको न्यायमा पहुँच संवर्धन परियोजनाले सर्लाहीका तीन वटा पालिकामा पालिका स्तरिय  छलफल सम्पन्न भएको हो ।
 छलफलमा वैदेशिक रोजगार सम्बन्धि कार्यक्रम संचालनका लागि पालिका अन्तर्गत वैदेशिक रोजगारलाई सुरक्षित एवम सुव्यवस्थित गर्नका लागि नमुना कार्यक्रम संचालन गर्ने,वैदेशिक रोजगारमा देखा परेका समस्याहरुलाई पहिचान गरि पीडितलाई सम्बन्धित निकाय समक्ष उद्धार गर्न गराउन पहल गर्ने लगायतका विषयमा छलफल भएको परियोजना संयोजक मोहन राय यादवले जानकारी दिनुभयो ।
छलफलमा मलंगवा नगरपालिकाकी उपप्रमुख शान्ती  मिकरानी,कविलासी नगरपालिकाकी उपप्रमुख राधा देवी र कौडेनामा  गाउँपालिका अध्यक्ष राम प्रसाद राय यादव लगायतको विशेष उपीथती रहेको परियोजना संयोजक यादवले बताउनु भयो ।
उहाका अनुसार जिल्लाको मलंगवा नगरपालिका,कौडेना र बसबरिया गाउँपालिकामा पनि एकदिने वैदेशिक रोजगारी सम्बन्धी कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।    तिनवटै पालिकामा भएको छलफलमा स्थानीय जनप्रतिनिधि ,कार्यालय प्रमुख ,कर्मचारी,स्थानीय समाजसेवी ,बुद्धिजीवी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech