सर्लाही ३ क का कुशवाहा ऊर्जा तथा सिँचाइ मन्त्रीमा नियुक्त

240 Shares

मधेश प्रदेश सरकारका ऊर्जा तथा सिँचाइ मन्त्री जवाहरलाल कुशवाहाले ऊर्जा र सिँचाइ क्षेत्रको समुचित विकास गर्दै कृषक,श्रमिक तथा जनताको जीवनस्तर उकासिने सवालमा आफ्नो ध्यान जाने बताएका छन्।सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य एवम नेकपा(माओवादी केन्द्र)का नेता कुशवाहाले सोमबार मधेश प्रदेश सरकारको ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भई पदभार ग्रहण गर्दै गर्दा यस्तो बताएका हुन । 

WhatsApp Image 2025-12-15 at 5.28.30 PM (1).jpeg
संघीय तथा प्रदेश सभाको निर्वाचन २०७९ मा सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश क मा स्वतन्त्र तर्फबाट उम्मेदवार बनी प्रदेश सभामा निर्वाचित भएका प्रदेश सभा सदस्य कुशवाहाले जनताको अपेक्षा अनुरूप इमानदार,पारदर्शी र प्रभावकारी कार्यसम्पादन गर्दै मधेस प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का स्थानीयको विश्वास व्यक्त गरेका छन् ।लामो समय शैक्षिक क्षेत्रमा सक्रिय रहेका प्रदेश सभा कुशवाहा संघीय तथा प्रदेश सभाको निर्वाचन २०७९ ताका माओवादी केन्द्रमा प्रवेश गरी सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार कुशवाहा सहित लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई मन्त्रीमा नियुत्त गरेका हुन ।जसमा कुशवाहाले ऊर्जा तथा सिँचाइ मन्त्री र लोसपाकी शर्माले शिक्षा तथा संस्कृति मन्त्रालय पाएका छन् ।सोमबार मन्त्री नियुक्त भएका दुवै जना मन्त्रीलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
यस्तै, बिना विभागीय मन्त्रीको रूपमा रहेका कांग्रेसका जंगिलाल रायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कनिष पटेलले उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार