मृगौला पीडित कुशवाहलाई बुहारी आवाज बाराको आर्थिक सहयोग

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-४-१५ गते   ३९१ पटक हेरिएको

बाराको निजगढ नगरपालिका ८ स्थित खयरघारीकी २० वर्षिया यूवतीको उपचारमा मेचि महाकाली बुहारी संयुक्त आवाज बाराले सहयोग गरेको छ । निजगढ नगरपालिका ८ स्थित खयरघारीकी २० वर्षिया अन्जली कुशवाहको उपचारमा मेचि महाकाली बुहारी संयुक्त आवाज बाराले सहयोग गरेको मेचि महाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका मगरले जानकारी दिईन् ।
उनका अनुसार मृगौलामा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत कुशवारको उपचारका लागि मेचि महाकाली बुहारी संयुक्त आवाज बारामा आवद्ध महिलाहरुले रकम संकलन गरेर सहयोग गरेका हुन् ।
मृगौलामा समस्या देखिएपछि डाईलाईसि सुरु गरेकी कुशवाहको उपचारका लागि निजगढ नगरपालिका ८ को कार्यालयले आह्वान गरेपछि मेचि महाकाली बुहारी संयुक्त आवाज बाराले रु २२ हजार सहयोग गरेको मेचि महाकाली बुहारी संयुक्त आवाज बाराकी सचिव उषा थापा(मोक्तान)ले जानकारी दिईन् ।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएकी कुशवाह विगत केही वर्षदेखि आमासंगै काठमाण्डौंमा मजदुरी गर्दै आएकी थिईन् ।स्वास्थ्य समस्या देखिएपछि हेटौंडा सामुदायिक अस्पतालमा उपचारको लागि लगिएकोमा आर्थिक अभाव भएको भन्दै आफन्तले निजगढ नगरपालिका ८ का वडा अध्यक्ष स्वर्ण लामासंग गुहार मागेका थिए ।
निजगढ नगरपालिका ८ वडा अध्यक्ष लामाको पहलमा हेटौंडा सामुदायिक अस्पतालमा उपचारको क्रममा भएको खर्च भुक्तानी गरेर थप उपचारका लागि कुशवाहलाई वीर अस्पतालमा पु¥याईएको थियो । कुशवाहको आईतबारबाट डाईलाईसिस सुरु गरिएको वीर अस्पताल स्रोतले जनाएको छ ।
निजगढ नगरपालिका ८ वडा अध्यक्ष लामाको आह्वानपछि मेचि महाकाली बुहारी संयुक्त आवाज बाराले आकस्मिक रुपमा रकम संकलन गरेर मृगौला पीडित कुशवाहको उपचारका लागि सहयोग जुटाएको जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech