बाराको जीतपुर सिमरा उप महानगरपालिका १ बाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।जीतपुर सिमरा उप–महानगरपालिका१ पथलैया चोकमा बा.प्र.०१–००६ ख ५१५९ नम्बरको गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको
यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामामा एकजना महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार नोरफिन एक हजार दुई सय पिस,ड्राइजोपाम एक हजार दुई सय पिस र फेनारगल एक हजार दुई सय पिस प्रतिबन्धित लागूऔषध इन्जेक्सन सहित रौतहटको कटहरिया नगरपालिका ७ की अन्दाजी वर्ष २१ की मुस्कान कुमारी दासलाई नियन्त्रणमा लिइएको हो ।
प्रतिबन्धित लागूऔषध ओसार पसार कार्यमा संग्लग्न रहेको आशंकामा अन्य केही महिलाहरुलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।नेपाल भारत खुल्ला सिमानाका कारण नेपालमा प्रतिबन्धित लागूऔषध सहजै भित्रनुका साथै अपराधिक गतिविधिहरु समेत हुने गरेका जानकारहरु बताउँछन् ।