सर्लाहीका दुई स्थानिय निकायमा करोडैँ लगानीमा विद्यालयको भौतिक संरचना निर्माणाधिन अवस्थामा छन् । जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा करौँडैँ लगानीमा विद्याmयका भौतिक संरचना निर्माणको काम भई रहेको छ ।
अष्ट्रेलियन एड्को आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल, विश्व शिक्षा, ह्याण्डीक्याप इन्टरनेसनल र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र(आरआरपिके)को साझेदारीमा सञ्चालित समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना अन्र्तगत राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिवके)ले विद्यालय भवनहरुको निर्माण गरि रहेको छ ।
बालमैत्री तथा अपाङ्ग मैत्री शौचालय सहित विद्यालयको भौतिक संरचना अभावलाई व्यावस्थापन गर्न भन्दै रु १ करोड २६ लाख ६३ हजार ४ सय १७ रुपैँयाको लागतमा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विद्यालयहरुको भौतिक संरचना निर्माण भई रहेको हरिपुर्वा नगरपालिकाका शिक्षा शाखा प्रमुख जनकराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)ले हरिपुर्वा नगरपालिका ५ मा रहेको सोनफी प्राथमिक विद्यालयमा रु ३८ लाख २७ हजार ३ सय ४१ रुपैयाको लागतमा दुईकोठे आर.सि.सि. भवन, हरिपुर्वा नगरपालिका ३ मा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा रु ३७ लाख ४८ हजार ३ सय ८९ रुपैयाको लागतमा दुईकोठे आर.सि.सि. विद्यालय भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
त्यसैगरी पर्सा गाउँपालिका ५ मा रहेको पब्लिक माध्यमिक विद्यालयमा रु ३८ लाख १ हजार ६ सय ८७ रुपैयाँको लागतमा दुईकोठे आर.सि.सि. भवन तथा पर्सा गाउँपालिका २ मा रहेको नेपाल राष्ट्रिय बैजु जनता मा.वि. संग्रामपुरमा रु १२ लाख ८६ हजारको लागतमा आर.सि.सि.विद्यालय भवन र बालमैत्री तथा अपाङ्ग मैत्री शौचालय निर्माण गर्न लागिएको पर्सा गाउँपालिकाले जनाएको छ । सिकाई परियोजना मार्फत गरेको कार्यक्रमले गर्दा विद्यालयमा धेरै सुधार हुने र अहिले बन्दै गरेको विद्यालय भवन धेरै नै गुणस्तरिय रहेको सोनफी प्राथमिक विद्यालयका पधानाध्यापक बिन्देश्वर साहले जानकारी दिनुभयो ।
भौतिक संरचना निर्माणकै क्रममा रहेकोले जिल्ला समन्वय समिति सर्लाहीका सभापती मेथुर चौधरी, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)का निर्देशक शिवजी साह,शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि सोभित साह, हरिपुर्वा नगरपालिका नगर प्रमुख सियाराम राय र पर्सा गाउँपालिका अध्यक्ष किशुनदेव रायले दुवै स्थानिय निकायका निर्माणाधिन अवस्थामा रहेका संरचनाहरुको अनुगमन गरेका राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)का संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिए । अनुगमनको क्रममा दुईवटै स्थानिय निकायको विद्यालयहरुमा निर्माणाधिन भौतिक संरचनाहरुको करिब आधा काम भइसकेको पाइएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रतिनिधि साहले बताउनु भयो ।