हरिवन ४ स्थित पुर्व पश्चिमी लाेकमार्गमा सवारी दुर्घटना,एककाे मुत्यु

1.3k Shares

सर्लाहीको हरिवन नगरपालिका ४ शासापुर स्थित पुर्व पश्चिम लाेकमार्गमा भएको सवारी दुर्घटनामा १ जनाकाे ज्यान गएकाे छ । 
हरिवन नगरपालिमा  ४ शासापुर स्थित पुर्वपश्चिम लाेकमार्ग अन्तर्गत लखनदेही पुल नजिक नवलपुरबाट हरिवन तर्फ जाँदै गरेकाे ज ५ प ७६५५ नम्बरकाे माेटरसाईकल र विपरित दिशाबाट आएकाे प्रदेश २ -०३-००१ च १९२४ नम्बरकाे पिकअप बाेलेराे एक आपसमा ठाेकिदा नामथरवतन नखुलेका एक माेटरसाईकल यात्रीकाे घटनास्थल मै ज्यान गएकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज ५ प ७६५५ नम्बरकाे माेटरसाईकल विपरित दिशाबाट आएकाे  प्रदेश २ -०३-००१ च १९२४ नम्बरकाे पिकअप बाेलेराेसंग विपरित दिशामा गई ठाेक्किएकाे हाे । दुर्घटनामा संग्लग्न दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका र शवलाई तत्कालका लागि हरिवन स्थित रहेकाे नमुना हस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार