सर्लाही-१ प्रदेश (ख) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-७ गते   १०९३ पटक हेरिएको

सर्लाही क्षेत्र नम्बर १ प्रदेशसभा “ख” मा पाँच दलिय गठबन्धनकी नेकपा (एकीकृत समाजवादी)की बेची लुङ्गेलीले प्रदेश सभा सदस्यमा विजयी प्राप्त गर्नु भएको छ । उहाँले  नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दाेस्राे पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हाे ।
बुधबार बिहान सार्वजनिक गरिएको मतपरिणाअनुसार लुङ्गेलीले लामालाई ६ हजार ६ सय ९९ मत अन्तरले पराजित गर्नु भएको हाे ।  लुङ्गेलीले १३ हजार ६ सय ७६ मत ल्याउँदा लामाले ६ हजार ९ सय ७७ मत मात्र प्राप्त गर्नु भएको  मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । 
त्यस्तै स्वतन्त्र तर्फकाे जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठले पनि ५ हजार ९ सय ४५ मत ल्याउनु भएको छ। जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ को ख बाट लुङ्गेलीले अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट जित निकाल्नु भएको थियाे । पार्टी विभाजन भएपछि उहाँ नेकपा(एकिकृत समाजवादी) पार्टीमा लाग्नु भएको थियाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech